भर्खरै :

असिना–पीडित जनतालाई क्षतिपूर्ति दिनुपर्ने

भक्तपुर, ६ वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले चाँगुनारायण नपा सुडालको गुबँु खोला दायाँ–बायाँ असिना–पानीको कारण डुबानमा परेको गहुँ, आलु, लसुन, प्याज बाली क्षतिको निरीक्षण गर्नुभयो ।
वैशाख १ गते परेको असिना–पानीको कारण गुँबु खोलामा गिटी ढुङ्गासमेत बगेको र दायाँ–बायाँ खेतको बालीनाली पुरिएको थियो । सो क्षेत्रको सयौँ रोपनी जग्गामा लगाइएको बाली असिना पानीको कारण नष्ट भएपछि पीडित किसानहरू हात–मुख जोड्न कठिन अवस्थामा पुगेको स्थानीयले बताए ।
सांसद सुवालले पीडित किसानहरूलाई नेपाल सरकारले स्थानीय जिल्ला प्रशासन कार्यालयमार्फत उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
स्थानीय जनता डुबानको कारण उक्त क्षेत्रमा तीन वर्षदेखि हिउँदे र वर्षे बाली भित्याउन नपाएको बेदना पोख्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *