मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
भक्तपुर, ७ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ललिता निवास काण्डले सिंहदरबार, शीतलनिवास र बालुवाटार ठगहरूको घेरामा रहेको भनाइ पुष्टि भएको बताउनुभएको छ ।
शनिबार नेमकिपाका कार्यकर्ताहरूको भेलामा समसामयिक राजनीतिक परिस्थितिबारे बोल्दै उहाँले लोभीपापीलाई प्रतिक्रियावादीहरूले सजिलै फसाउने गरेको बताउनुभयो ।
पार्टी प्रकाशन पार्टीको झण्डा भएकोले पार्टी प्रकाशनको नियमित अध्ययन र छलफललाई जोड दिनुपर्ने आवश्यकता र्औँल्याउँदैै अध्यक्ष बिजुक्छेँले जनताको चेतनास्तर उकास्नु नै पार्टीको प्रमुख उद्देश्य भएको प्रस्ट पार्नुभयो ।
समाज पैसामुखी भएकै कारण चुनावको समयमा शासक दलले पैसा प्रयोग गरेर जनतालाई धोखा दिने गरेको धारणा उहाँले राख्नुभयो ।
विश्वविद्यालयमा इतिहास, भूगोल, राजनीतिशास्त्रका विद्यार्थी कम भएको खबरबारे चर्चा गर्दै विद्यार्थीलाई ती विषय पढाउन उत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “राजनीतिक पार्टी भनेको विद्यालय भएको हुनाले जनतालाई शिक्षित बनाउने जिम्मेवारी पूरा गर्नु पार्टी कार्यकर्ताको कर्तव्य हो । विदेशमा जाने नाममा समाजमा बढिरहेको विकृतिबारे जनतालाई सचेत गर्नु आवश्यक छ ।”
Leave a Reply