खुला रङ्गमञ्च सापारु र भक्तपुर
- भाद्र २०, २०८३
-धिरेन्द्रकुमार झा
आजभन्दा १८ वर्ष अघि सन् १९९९ को फ्रेबुअरी १० मा भारतीय जनता पार्टीका सांसद योगी आदित्यनाथ र उनका सशस्त्र समर्थकहरुले उत्तर प्रदेशको महाराजगञ्ज जिल्लास्थित मुसलमान बाहुल्य पञ्चरुखिया गाउँमा लास गाड्ने क्षेत्र कब्जा गर्न खोजेका थिए । तर प्रहरीले समयमै सावधानी अपनायो र उनीहरु भाग्न बाध्य भए ।
फर्कने क्रममा उनीहरुले उत्तर प्रदेशको तात्कालीन भाजपा सरकारविरुद्ध नियमित रुपमा प्रदर्शन गर्न गाउँ नजिकै मुख्य सडकमा भेला भएका समाजवादी पार्टीका कार्यकर्ताहरुको समूहमाथि हमला गरेका थिए । हमलामा परी कम्तीमा चार जना मानिस घाइते भएका थिए । प्रदर्शनको नेतृत्व गरिरहेका समाजवादी पार्टीका नेता तालात अजिजको व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मी सत्यप्रकाश यादवको त्यत्तिबेला लागेको गोलीका कारण पछि ज्यान गयो ।
त्यही साँझ प्रहरीले महाराजगञ्जको काटवाली थानामा सो घटनाबारे दर्ता भएको मुद्दा दर्ता त्यसपछिका वर्षहरुमा आदित्यनाथको प्रत्यक्ष र अप्रत्यक्ष संलग्नता भएका यस्ता धेरै घटनाको लागि परेका कानुनी उजुरीको शिलशिलाको पहिलो मुद्दा बन्यो । उत्तर प्रदेशमा हालै बनेको भाजपा सरकारको मुख्यमन्त्री आदित्यनाथका धेरै यस्ता मुद्दाहरुमाथि आज पनि प्रान्तीय प्रहरीको अपराध अनुसन्धान विभागमा अनुसन्धान भइरहेका छन् ।
पञ्चरुखिया घटनामा परेको मुद्दामा आदित्यनाथ र ‘अन्य २४ जना अज्ञात व्यक्ति’हरुले हत्याको प्रयास गरेको, उपद्रव मच्चाएको, घातक हतियार बोकेको, प्रार्थना गर्ने थलो अपवित्र बनाएको, मुसलमानहरुको चिहान भत्काएको र दुई वटा धार्मिक समूहबीच दुश्मनी बढाउने काम गरेको अभियोग लगाइएको छ ।
सानो आपराधिक घटना भएको भोलिपल्ट सन् २००७ को जनवरीमा आदित्यनाथले निकै उत्तेजक भाषण गरे पछि घटनाले साम्प्रदायिक रुप लिएको थियो । गोरखपुर क्षेत्रको सो दंगाग्रस्त क्षेत्रतिर आदित्यनाथ र उनका समर्थकहरु जान लागे पछि प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको थियो ।
यो घटनाले आदित्यनाथ उपद्रव मच्चाउन कुन हदसम्म खस्न सक्दा रहेछन् भन्ने कुरा प्रष्ट बनाएको छ भने अर्कोतिर सन् १९९८ बाट सक्रिय राजनीतिमा आएको एक वर्षमै गोरखपुरबाट सांसद भएर यो घटना भएको सतहमा आएको थियो ।
उपद्रव विगत
आफ्नो विरोधमा प्रहरी उर्जा दर्ता भए पछि गोरखपुरका सांसद आदित्यनाथ केही समय चुपचाप बसे । तर सन् २००२ मा उनले हिन्दु युवा बाहिनी गठन गरे । अल्पसंख्यक जनताविरुद्ध त्यो उनको व्यक्तिगत पहलमा बनेको थियो । सन् २००२ मा गुजरातको गोन्ध्रा घटना भएको एक साताभित्रै उनले त्यो बाहिनी गठन गरेका थिए । गुजरातको गोन्ध्रा घटनामा २ हजारभन्दा बढी मानिस मारिएको हिन्दु–मुसलमान द्वन्द्वका क्रममा सावरमती एक्सप्रेस नामको रेलमा लागेको आगोमा परी ५९ जना कर सेवकहरु(धार्मिक स्वंयसेवक) मारिएका थिए । आदित्यनाथको हिन्दु युवा बाहिनी गठनभएपश्चात गोरखपुर र वरपरका क्षेत्रहरुमा साम्प्रदायिक द्वन्द्वहरु नियमित जसो हुन थाले ।
बाहिनी स्थापनाको पहिलो वर्ष सो क्षेत्रमा कम्तीमा ६ वटा ठूल्ठूला साम्प्रदायिक द्वन्द्वका घटना हुन थाले । कुशीनगर जिल्लाको मोहन मुन्दारा गाउँ, गोरखपुर जिल्लाको नाथुआ गाउँ र गोरखपुर शहरको तुर्कमानपुरमा जुन महिनामा, महाराजगञ्जको नर्कताहा गाउँमा अगस्त महिनामा र महाराजगञ्जकै भेदाही अनि सन्त काबिरनगरको धगाता क्षेत्रमा सेप्टेम्बर महिनामा साम्प्रदायिक घटनाहरु भए ।
यीमध्ये अधिकांश घटना शुरुमा आपराधिक घटनाको रुपमा शुरु भएका थिए । तर पछि आदित्यनाथ वा हिन्दु युवा बाहिनीका नेताहरुको संलग्नतासँगै तिनले साम्प्रदायिक रुपमा लिएका थिए । सन् २००२ र २००७ मा दुई पटक आदित्यनाथलाई गिरफ्तार गरियो र कारागार चलान गरियो । त्यत्तिबेला गोरखपुर र वरपरका क्षेत्रमा उनी आफ्नै वा उनका कार्यकर्ताहरुको संलग्नतामा कम्तीमा २२ वटा प्रमुख उपद्रवहरु भएका थिए ।
आदित्यनाथलाई गिरफ्तार गरिएको ती दुई पटक मात्र प्रहरीले उनी र उनको संगठनविरुद्ध कारबाही गर्ने साहस देखाएको थियो । गोरखपुर र वरपरका क्षेत्रमा भड्केको हिन्दु–मुसलमान द्वन्द्वका कारण सन् २००७ मा उनलाई गिरफ्तार गरिएको थियो । त्यो साल भएको राज्यसभाको चुनावका्े क्रममा आदित्यनाथ र उनको समूहले फैलाएको साम्प्रदायिक राजनीतिमा आधारित दुषित अभियानका कारण त्यत्तिबेला त्यहाँ हिन्दु मुसलमान द्वन्द्व भएको थियो । त्यत्तिबेला दुई जना मानिस मारिनुका साथै करोडौं करोडको सम्पत्तिको नाश भएको थियो । जनवरी–फेब्रुअरीको समयमा सो स्थानमा कयौं दिनसम्म कफर््यु लगाइएको थियो ।
सानो आपराधिक घटना भएको भोलिपल्ट सन् २००७ को जनवरीमा आदित्यनाथले निकै उत्तेजक भाषण गरे पछि घटनाले साम्प्रदायिक रुप लिएको थियो । गोरखपुर क्षेत्रको सो दंगाग्रस्त क्षेत्रतिर आदित्यनाथ र उनका समर्थकहरु जान लागे पछि प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको थियो ।
इराकको इमाम हुसेनको स्मारकको नक्कल गरी बनाइएको ताजिया भन्ने ठाउँ जलाउने धम्की र खतरा रोक्न प्रहरीले आदित्यनाथलाई त्यत्तिबेला गिरफ्तार गरेको थियो । त्यही स्थानबाट जनवरी २९ का दिन मुसलमानहरुले माहुराम जुलुस निकाल्ने तयारी गरिरहेका थिए । आदित्यनाथलाई फेब्रुअरी ७ सम्म कारागारमा राखियो र पछि जमानतमा रिहा गरियो ।
आफ्नो सो गिरफ्तारीले आदित्यनाथलाई यत्ति चित्त दुखाएछ, मार्च १२ को दिन लोकसभामा बोल्दा उनका आँखा भिजेका थिए । सभामुख सोमनाथ चट्टरजीसमक्ष उनले आफूलाई मार्ने राजनीतिक षड्यन्त्र भएको भनी बोले ।
त्यत्तिबेलाको चित्तदुखाईले आदित्यनाथको दिमागलाई केही बुद्धिमान बनायो अथवा केही राजनीतिक बनायो । उनी आफै कुनै उपद्रवमा अघि देखापरेनन् । पहिले जस्तै उनी आफै मुसलमानहरुमाथि हमला गर्नतिर लागेनन् । उनले आफूलाई उत्तेजक भाषण गर्ने र केही प्रतिनिधि घटनामा मात्र सामेल हुनेमा सीमित राखे । बाँकी सबैथरी काम हिन्दु युवा बाहिनीमार्फत यथावत राखे ।
उनीमाथि लगाइएका अधिकांश मुद्दाहरु अझै किराना लागेका छैनन् । तर अब आदित्यनाथ आफै सत्तासीन भ ए पछि ती मुद्दाहरुको के हुने हुन्, अनिश्चित भएको छ । मुख्यमन्त्रीको कुर्सीबाट उनले धेरै राम्रा काम पनि गर्न सक्छन् अथवा बिर्गानु बिर्गान पनि सक्छन् ।
स्क्रोल.आईएन
Leave a Reply