भर्खरै :

सांसद सुवालले गरे प्रम ओलीलाई तीन प्रश्न

काठमाडाँै, २४ वैशाख । “बा¥ह हजारभन्दा बढी अस्थायी करार शिक्षकहरू आमरण अनसनसहित आन्दोलनरत हुनुहुन्छ । उहाँहरू अयोग्य भए २०–२५ वर्ष अगाडि नै किन भर्ना गरियो ? योग्य भए अहिले किन निकालियो ?”
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मङ्गलबार बसेको प्रतिनिधिसभामा प्रम केपी ओलीसँग उक्त जिज्ञासा राख्नुभएको हो ।
सांसद सुवालको प्रम ओलीसँग दोस्रो जिज्ञासा थियो, साम्राज्यवादी नेतृत्वको हिन्द–प्रशान्त सैन्य गठबन्धनको समर्थन गरेको यहाँको सरकार के अब उत्तर एटलान्टिक सन्धि सङ्गठन (ल्ब्त्इ) को सदस्य बन्दै छ ?
प्रम ओलीलाई सांसद सुवालको तेस्रो जिज्ञासा थियो, कुन कुन देशको कम्युनिष्ट सरकारमा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने परम्परा छ ?
प्रम ओलीसँग तीसभन्दा बढी सांसदहरूले प्रश्न सोधेका थिए । प्रश्नको जवाफ दिने क्रममा प्रम ओलीले सुरुमै सांसदहरूको प्रश्नलाई ‘आक्रोश, कुण्ठा र निम्छरा प्रश्नलाई वास्ता नगर्ने’ शब्दावली प्रयोग गर्नुभएपछि प्रतिपक्षीहरूले नियमापति गरेका थिए । प्रतिपक्षीहरूले प्रम ओलीले बोल्नुभएको शब्दावली अभिलेखबाट हटाउनुपर्ने माग गरेका थिए ।
सभामुख महराले प्रम ओलीको शब्दावली अभिलेखबाट हटाउने निर्देशन दिनुभएन र प्रम ओलीलाई जवाफ दिन समय दिनुभयो ।
होहल्लाकै बीचमा प्रम ओलीले सङ्क्षिप्त जवाफ दिनुभएको थियो । सभामुख महराले सांसद सुवाललाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन समय दिनुभयो । सांसद सुवालले प्रतिपक्षी दलको अवरोधको बेला बैठक चलाउन नहुने उल्लेख गर्दै आफ्नो संशोधन प्रस्ताव फिर्ता नलिने जानकारी गराउनुभयो ।
यसअघि प्रम ओलीले वैशाख २३ र २४ गतेको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रमबारे उठाएका प्रश्नबारे झण्डै डेढ घण्टा स्पष्टीकरण दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *