‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
रामपुर, ५ जेठ (रासस)ः पाल्पाको एक मन्दिरमा मुर्ति हराउने डरले डोकामा बोकेर घर लैजाने र बिहान मन्दिरमा ल्याउने गरिन्छ । रम्भा गाउँपालिका वडा नम्बर ८ ताँहुमा रहेको रम्भादेवी मन्दिरको मूर्ति प्रत्येक दिन घरमा लगिन्छ । विसं २०३२ मा सुनको जलप लगाइएको रम्भादेवीको मूर्ति मन्दिरबाटै चोरी भएपछि सुरक्षाका लागि पुजारीले मूर्ति बेलुका डोकामा बोकेर घरमा लैजाने र बिहान पुनः मन्दिरमा ल्याउँछन् ।
त्रिचालीस वर्षदेखि बेलुका पूजापाठ सकी मूर्ति बोकेर घरमा लगेर भोलिपल्ट बिहान बोकेर मन्दिर ल्याने पुजारी टीकाराम बस्यालले बताउनुभयो । उहाँले भन्नुभयो,“मन्दिरमा आउने दर्शनार्थी सकिएपछि साँझको पूजाआराधना सकेर मूर्ति तथा शिला डोकोमा बोकेर घरमा लैजाने गरेका छौँ ।”
मन्दिरका अर्का पुजारी प्रेमनारायण पाण्डेले जङ्गलमा मन्दिर भएकाले राति सुरक्षाका लागि चौकीदार बस्न पनि कोही नमान्ने भएकोले मूर्ति बोकेर घरमा जाने र बिहान ल्याउने उपाय नै उत्तम लागेको बताउनुभयो । मन्दिरमा एक पुजारी मूर्ति बोकेर पुग्छन् भने अर्काले गाउँमा घरघरै अक्षता उठाउँदै जाने गर्छन् । नेपाल पर्यटन बोर्डले एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत गरेको रम्भापानीको नामले परिचित रम्भादेवी मन्दिर पाल्पाको धार्मिकस्थलमध्ये महत्वपूर्ण मानिन्छ ।
राम र सीताले त्रेता युगमा १२ वर्षे वनवासको क्रममा सो जङ्गलमा आइपुग्दा निकै रमणीय वातावरणमा रमाए पनि पानी नपाएर सीता छट्पटाएपछि रामले जमीनमा वाण हानेर पानी निकाली खुवाएको विश्वास छ ।
Leave a Reply