भर्खरै :

आरआरमा चैत्र १५ मा स्ववियु

फाइल फोटो
काठमाण्डौं, १२ चैत । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको लागि आचार संहिता लागु भइसकेको अवस्थामा कुनै पनि निर्वाचन नगर्न जारी गरेको वक्तव्यलाई आधार बनाएर फागुन २३ गते काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले रोकेको रत्नराज्य क्याम्पस आरआरको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी चैत १५ गते मंगलबार हुने तय भएको छ । क्याम्पस प्रमुख निर्मला सुवाले जारी गरेको सूचनामा चैत २ गते सर्वोच्च अदालतले मिति तोकी तत्काल स्ववियु निर्वाचनसम्बन्धि बाँकी कार्य सम्पन्न गर्नु गराउनु भनी अन्तरिम आदेश जारी भएको आधारमा चैत्र १५ गते मिति तय गरेको जनाएको छ ।
विद्यार्थी संगठनहरुबीचको विवादका कारण फागुन १८ गते हुनु पर्ने निर्वाचन फागुन २३ गतेको लागि सर्दा पनि सो दिन प्रहरीले क्याम्पस नियन्त्रणमा लिएका कारण चुनाव हुन सकेको थिएन । यसबीच क्याम्पसमा एमालेसमर्थित अखिल र काँग्रेससमर्थित नेविसंघबीच पटक पटक झडप भएका थिए । नेविसंघले अझै पनि त्यहाँ आफ्नो उम्मेदवारी दर्ता गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *