के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
– आयुष शाक्य
बहुमत जनताको सुख र हितको निम्ति जीवन बिताउने मानवतावादी, समाजसेवी एवम् शान्तिका प्रतीक सिद्धार्थ गौतमको जीवन सङ्घर्ष,अनुभव, अनुभवबाट प्राप्त उपलब्धि र विचारबारे अझै धेरै अध्ययन, अनुसन्धान र खोजीनीति गर्नुपर्ने देखिन्छ । सिद्धार्थ गौतमका वास्तविक जीवनका भोगाइ, अनुभव र उपदेशबारे ग्रन्थहरू रचेर जनतामाझ पु¥याउन बौद्ध विद्वानहरूको कलम तिखार्नैपर्छ । सिद्धार्थ गौतमबारे प्रकाशित कति कृतिहरू अनुसन्धानमूलक देखिन्छ भने कति कृतिहरू अन्दाजको भरमा रचिएका छन् । अतिरञ्जित ढङ्गले वर्णन गरिएको कृतिले जनतामाझ राम्रो सन्देश जाँदैन । बरु यसले बौद्ध समुदायबीच मात्र होइन अन्य समुदायमा पनि सिद्धार्थ गौतमको इज्जत र प्रतिष्ठा या व्यक्तित्वमै आँच पुग्न जान्छ । बौद्ध धर्मप्रति आस्था राख्ने कति अनुयायी र बौद्ध विद्वानहरू बुद्धको विचार र उपदेशभन्दा बौद्ध धर्मको प्रचार गरी बौद्ध धर्म मान्नेहरूको सङ्ख्या बढाउनेतर्फ केन्द्रित देखिन्छ । तिनीहरू बुद्धलाई भगवान (देवता) को रूपमा मान्नुपर्ने तर्क राख्छन्, प्रत्येक दिन या समय–समयमा बुद्धको मूर्तिमा पूजा पाठ तथा प्रार्थना गर्ने वातावरण तयार गर्छन् ।
जनताको कल्याणमा लाग्ने, कल्याणको निम्ति बाटो देखाउने र बाटो देखाउन अघि सर्ने या सङ्घर्ष गर्ने व्यक्ति पूजनीय हुन्छ, अन्तरदेशीय हुन्छ । तिनीहरूलाई देवता सरह मान्नु या आत्मसात गर्नु अर्को पाटो हो । माक्र्स, लेनिन, माओ त्सेतुङ्ग, किम इल सङ्ग, ह्युगो चाभेज, म्याक्सिम गोर्की, फिडेल क्यास्ट्रो, स्तालिनहरूको नाम विश्वमा त्यसै चम्केका होइनन् । तर, तिनीहरूको मूर्ति, प्रतिमामा दिनहुँ पूजा पाठ गर्दैनन्, प्रार्थना गर्दैनन् । बरु तिनीहरूको सिद्धान्त, विचार र दर्शन जनतामाझ पु¥याइरहेको हुन्छ । तिनीहरूकै सिद्धान्त, विचार र दर्शन बुझेर जनतामाझ लानुपर्ने हो, देश र जनताको सेवा गर्नुपर्ने हो । त्यसरी नै बुद्धको दर्शन, विचार जनतामाझ फैलाउनुपर्छ, पु¥याउनुपर्छ । बौद्ध धर्म मान्ने व्यक्तिहरूको सङ्ख्या बढेर बुद्धको विचार घर आँगनमा पुग्ने होइन ।
बुद्धको विचार र उपदेशलाई धर्मसँग मात्र जोडेर, विश्वास गर्न नसकिने खालका घटनाहरू जोडेर सर्वसाधारण जनताको मन जित्ने काम भइरहेको तर्फ सचेत बौद्ध विद्वानहरूको ध्यान जानुपर्ने देखिन्छ । जनताको मन तान्न या बौद्ध धर्मप्रति आकर्षण गर्ने नाउँमा हरेक वाधा, अड्चन र प्रहारहरूबाट बच्न सिद्धार्थ गौतम सक्षम भएका घटनाहरू पनि कृतिहरूमा पाइन्छ । बुद्धकै भनाइअनुसार कुन कुरा सत्य तथ्य हो छानबिन गर्नुपर्छ । सत्य र तथ्य जनतामाझ पु¥याउनुपर्छ । सिद्धार्थ गौतमको मूर्तिको पूजा पाठ गर्नुभन्दा, खुट्टा ढोगेर भक्ति भाव देखाउनुभन्दा बुद्धकै शिक्षा र सन्देश बाँड्नुपर्छ । बुद्धको विचार, उपदेश या शिक्षा जति प्रचार हुन्छ, जनताको घर आँगनमा पुग्छ त्यति नै व्यापक हुन्छ र संसारभर फैलिरहनेछ । मुख्य कुरा बौद्ध धर्म मान्ने सङ्ख्या बढाउने होइन बुद्धको विचार व्यापक बनाउने हो । हामीले विचार पक्षलाई नै जोड दिनुपर्छ । विचार पक्ष कमजोर भयो भने बौद्ध धर्म मान्ने जति सङ्ख्या भए पनि बुद्धको विचार विस्तार हुनेछैन ।
Leave a Reply