भर्खरै :

राति पनि उज्यालो हुने भयो दरबार क्षेत्र

भक्तपुुर, ८ जेठ । दिनको उज्यालोमा भक्तपुर दरबार क्षेत्र जति भव्य र आकर्षक देखिन्छ, रातको अँध्यारोमा भने डरलाग्दो र असुरक्षित हुने गरेको छ । झमक्क रात पर्दा पर्यटकमात्र होइन, स्थानीय बासिन्दा समेत दरबार क्षेत्रको बाटो भएर जान अनकनाउँछन् । राति त्यहाँ जाँदा त कुकुरको डर हुन्छ । विश्व सम्पदा क्षेत्रको यस्तो अवस्था देखेर धेरै नगरवास–र पर्यटकले पटकपटक गुनासो गर्दै आएका छन् ।
नगरवास–र पर्यटकको त्यस्तै गुनासोलाई ध्यानमा राख–भक्तपुर नगरपालिकाले दरबार क्षेत्रलाई रातको अँध्यारोमा पनि आकर्षक बनाउने तयार–गरिरहेको छ । ख्वप कलेज अफ इन्जिनियरिङको इलेक्ट्रिकल विभागका शिक्षक–विद्यार्थी र अन्य प्राविधिकहरू भक्तपुर दरबार क्षेत्रलाई रातको अँध्यारोमा पनि कसर–मनमोहक बनाउने भन्ने विषयमा अनुसन्धान गरिरहेका छन् ।
दरबार क्षेत्रलाई रातमा पनि आकर्षक र उज्यालो बनाउन मिहिनेत गरिरहेका इन्जिनियरहरूले गएको सोमबार र मङ्गलबार पहिलो चरणको परीक्षण गरेका छन् । परीक्षणका तस्वीर सामाजिक सञ्जालमार्फत प्रचार हुँदा सामाजिक सञ्जाल प्रयोगकर्ताले यसलाई सकारात्मक र अत्यावश्यक कार्य भन–टिप्पण–गरेका छन् ।
सम्पदा क्षेत्रमा प्राविधिकरूपमा वैज्ञानिक तरिकाले प्रकाश जडान गर्ने कार्यअन्तर्गत पहिलो चरणमा दरबार क्षेत्रको प्रवेशद्वार (खौमा ध्वाखा) मा जेठको अन्तिम सातादेखि असार पहिलो सातासम्ममा पूर्णरूपमा प्रकाश उपकरण जडान गरिने ख्वप कलेज अफ इन्जिनियरिङ इलेक्ट्रिकल विभागका प्रमुख राकेश ग्वाछाले बताउनुभयो ।
खौमा प्रवेशद्वारमा हेरिटेज लाइटिङ र दरबार क्षेत्रका अन्य मठमन्दिर र सम्पदामा हाललाई फल्ड लाइट जडान गर्ने तयार–गरिएको छ । खौमा प्रवेशद्वारको हेरिटेज लाइटिङ अपेक्षिकृत आकर्षक र उपयुक्त भए नगरका अन्य सम्पदामा पनि क्रमशः त्यस्तै प्रकाश जडान गरिनेछ ।
हेरिटेज लाइटिङले सम्पदालाई उज्यालो र आकर्षक बनाउनेछ । यसको प्रकाशले अवलोकनकर्ताको आँखा नतिर्मिराउने र सम्पदा प्रकाशले नछेकिने बताइएको छ । तत्काल सबै सम्पदामा हेरिटेज लाइटिङ जडान नभए पनि फल्ड लाइट जडान भइसकेको छ ।
सम्पदा क्षेत्रमा प्रयोग गर्न उपयुक्त प्रकाश उपकरणको खोज–गर्न नै लामो समय लागेको इन्जिनियर ग्वाछाले बताउनुभयो ।
“नेपालमा परीक्षणको लागि उपयुक्त प्रयोगशाला पनि नभएकोले उचित प्रकाश व्यवस्था गर्न समय लागेको हो ।”, उहाँले भन्नुभयो । खौमा गेटमा हेरिटेज लाइटिङ गर्न ११ लाख रूपैयाँ लाग्ने बताइएको छ ।
भक्तपुरको अर्को प्रमुख सम्पदा क्षेत्र ङातापोल मन्दिर परिसरमा जीर्णोद्धार कार्य भइरहेकोले त्यहाँ तत्काल प्रकाश जडान नगरिने सम्बद्ध प्राविधिकहरूले बताएका छन् ।
तथापि ङातापोल परिसरमा तत्काल कुनै अस्थाय–प्रकाश व्यवस्था गरेर भए पनि रातको समयमा ङातापोल देखिने बनाउनुपर्ने केह–स्थानीयको भनाइ छ ।
“राति ङातापोल मन्दिर वरपर अँध्यारो हुँदा डर मान्नुपर्ने अवस्था छ ।”, एक स्थानीयले गुनासो गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *