भर्खरै :

ज्ञानबहादुरको सम्झना

भक्तपुर, १२ चैत । नेपाल मजदुर किसान पार्टीका किसान नेता तथा भक्तपुरका पूर्व मेयर ज्ञानबहादुर न्याइच्याईको स्मृतिमा शनिबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले स्व. न्याइच्याई पार्टीको निर्देशनअनुसार स्थानीय निकायको विभिन्न पदमा बसेर इमानदारीपूर्वक जनताको सेवा गरेका व्यक्तित्व भएको बताउनुभयो ।
उहाँले ज्ञानबहादुर न्याइच्याईले भक्तपुर नगरपालिकामा नेतृत्व गर्दा शिक्षा, स्वास्थ्य, सरसफाइ, कला–संस्कृतिलगायत क्षेत्रमा ठूलो प्रगति गरेको चर्चा गर्दै अहिलेको भक्तपुरको विकासमा उहाँको महत्वपूर्ण देन रहेको बताउनुभयो ।
कार्यक्रममा न्याइच्याई संस्थापक रहनु भएको विद्यालय गणेश माध्यामिक विद्यालय व्यवस्थापन समितिका सल्लाहकार लक्ष्मीनारायण राजलवट, विद्यालयका प्रअ गंगाप्रसाद याकामी, न्याईच्यार्ईका पुत्र रमेश न्याइच्याई, सुशिला न्याइच्याईलगायतकाले ज्ञानबहादुर न्याइच्याईबारे आ–आफ्नो विचार प्रस्तुत गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर दुगुजूको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक गणेशराम थुसाले स्वागत गर्नुभयो ।
कार्यक्रममा गरिव तथा जेहेनदार विद्यार्थीहरूलाई छात्रवृति प्रदान गर्न स्व. न्याइच्याईको स्मृतिमा स्व.ज्ञानबहादुर न्याइच्याई स्मृति अक्षयकोष खडा गरियो । कोषमा विद्यालय, परिवारजन, शिक्षक एवं स्थानीय समुदायको तर्फबाट रू. २,००,०१५।– सड्ढलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *