कवि हरिबहादुर श्रेष्ठ र उहाँका कविताहरू
- जेष्ठ ६, २०८३
नीरज
२०३० विस जेठ २८ गते नेपालको इतिहासमा त्यसअघि कहिल्यै नभएको एउटा घटना भयो । विराटनगरबाट काठमाडाँैका लागि उडेको तत्कालीन शाही नेपाल वायुसेवा निगमको हवाईजहाज तीन जना युवाहरूले अपहरण गरी भारतको फारबेजगञ्ज पु¥याई विमानमा रहेको नेपाल राष्ट्र बैङ्कको पैसा नियन्त्रणमा लिई विमानलाई नेपालतिर फर्काइएको थियो । २०१७ पुस १ गतेबाट थालनी भएको पञ्चायती व्यवस्था आफ्नो जवानीको उचाइमा थियो । २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा राणाशाहीविरुद्ध जीवनमरणको सङ्घर्षमा होमिएका नेता र दलहरू राजाको सो कदमका कारण विलखबन्दमा परेका थिए । कोही पञ्चायतलाई नै सकारेर राजाको समर्थन गर्न थालेका थिए, कोही पञ्चायती कोपभाजनबाट जोगिन प्रवासिएका थिए भने कति नेता के गर्ने र के नगर्ने अन्योलमै अलमलिरहेका थिए । २०१७ को पुस १ गते पक्राउ परेका तत्कालीन प्रधानमन्त्री तथा नेपाली काङ्गेसका नेता वीपी कोइराला र गणेशमान सिंहलाई झण्डै आठ वर्षपछि २०२५ कार्तिक २४ गते सुन्दरजलस्थित सैनिक बन्दीगृहबाट रिहा गरियो । ‘पञ्चायतभित्र गएर प्रजातान्त्रिक सुधार गर्ने’ नेका नेता सुवर्ण शमशेरको नीतिअनुसार रिहाइ गरिएका उनीहरूले पञ्चायतविरुद्ध जोरी खोज्ने कुनै काम नगर्ने अपेक्षा गरिएको थियो । तर, रिहालगत्तै ‘उपचारको लागि’ वीपी भारत प्रवासिए ।
सुवर्ण शमशेरको पञ्चायतलाई सहयोग गर्ने नीतिप्रति असहमति राख्दै वीपीले भारतबाटै पञ्चायतविरुद्ध सशस्त्र विद्रोह गर्ने तयारी थाले । तर, पञ्चायतविरुद्ध सङ्घर्षको थालनी गर्न उनीसँग पूर्वाधारको अभाव थियो । इन्दिरा गान्धी नेतृत्वको भारत सरकारले पनि वीपीलाई पञ्चायतविरुद्ध लड्न खुलेर समर्थन गर्ने मनस्थितिमा थिएन । पञ्चायतभित्र प्रजातान्त्रिक सुधारको नीतिमा मतभेद राखी वीपी समूहले पञ्चायतविरुद्ध सशस्त्र सङ्घर्षको नीति अङ्गालेपछि सुवर्ण शमशेरले काङ्ग्रेस र नेताहरूलाई दिंदै आएको खर्चबर्च बन्द गरिदिए । अन्तर्राष्ट्रिय समाजवादी मञ्चका नेताहरूसमक्ष सहयोगको लागि वीपीले युरोप भ्रमण गरे । तर, जवाफमा समाजवादी नेताहरूले भने, “भारतले सहयोग नगरेसम्म हामी तपाईंलाई सहयोग गर्नसक्दैनौँ । भारतले सहयोग गरेको अवस्थामा तपाईँलाई हाम्रो सहयोगको आवश्यकता रहनेछैन ।” त्यस्तो परिस्थितिमा नेपाली काङ्ग्रेस वीपी समूहसामु आफ्नो अस्तित्व जोगाउने र पुष्टि गर्ने दुवै चुनौती देखियो । सशस्त्र सङ्घर्षमा होमिन तयार युवा दस्ता भएर पनि वीपी समूहसँग त्यसको बन्दोबस्तको लागि मनग्य पूर्वाधार थिएन । खर्चबर्च जोहो गर्न वीपी समूहका नेता गिरिजाप्रसाद कोइरालाले भारतीय गुप्तचर विभाग ‘र’ का प्रमुख आर एन काओसामु आग्रह गर्दा उनले “नेपालमा के कुनै बैङ्क छैन” भनी अप्रत्यक्ष रूपमा बैङ्क लुट्न सङ्केत गरेका थिए । भारतका विभिन्न ठाउँमा रहेका सशस्त्र सङ्घर्षका लागि तयार लडाकुहरूको शिविरमा खान खुवाउने पैसासमेत नहुँदा पैसाको जोहो गर्ने काओको सङ्केतलाई पछ्याउँदै वीपी समूहले विमान अपहरणको लागि तयारी गरेको देखिन्छ ।
वीपी समूहले लिएको सशस्त्र सङ्घर्षको नीतिको प्रचार गर्ने, सङ्घर्षको लागि आवश्यक आर्थिक बन्दोबस्त गर्ने र पञ्चायतविरुद्ध वीपीको सङ्घर्षको नीतिलाई अविश्वासको कोणबाट हेरिरहेको भारतीय संस्थापनलाई केही गरेर देखाउने अनि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा वीपी समूहको बलियो उपस्थिति देखाउने सोच नै विमान अपहरणका मूलभूत पृष्ठभूमि थिए ।
इतिहासमा कति यस्ता घटना हुन्छन्, जुन घटनाले इतिहासमा कोशेढुङ्गाको काम गर्दछ । अझ इतिहासको गतिलाई नै अर्को दिशातिर डो¥याउने गर्छ । पञ्चायतविरोधी सङ्घर्ष र नेपाली काङ्ग्रेसको इतिहासमा २०३० सालमा भएको विमान अपहरण एउटा त्यस्तै कोशेढुङ्गा थियो । त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) ले सो ऐतिहासिक घटनाको राजनीतिक र ऐतिहासिक महत्वलाई उजागर गर्ने हेतुले अनुसन्धानमूलक ‘नेपाली काङ्ग्रेस र विमान अपहरण’ पुस्तक प्रकाशन गरेको छ । विमान अपहरणबारे अध्ययन अनुसन्धान र पुस्तक लेखन सहप्राध्यापक डा. बद्रीनारायण गौतमले लेख्नुभएको छ ।
पुस्तकमा नेपाली काङ्ग्रेसले कुन परिस्थितिमा विमान अपहरणको निर्णय ग¥यो, त्यसको तयारी के कसरी भएको थियो, कसरी विमान अपहरण गरिएको थियो र विमान अपहरणपछि नेपालको राजनीति र नेपाली काङ्ग्रेसको सशस्त्र सङ्घर्षको योजनामा के कस्तो प्रभाव पारेको थियो भन्ने प्रश्नहरूको उत्तर दिइएको छ । विराटनगरका तीन युवा दुर्गा सुवेदी, वसन्त भट्टराई र उमेश गिरीले झण्डै ३० लाख भारु बोकेर काठमाडाँै उडेको शानेवानिको विमान अपहरण गरेका थिए । अपहरणको समग्र नेतृत्व भने गिरिजाप्रसाद कोइरालाले गरेको र फारबेजगञ्जको पुरानो विमानस्थलमा विमान अवतरण गरी राष्ट्र बैङ्कको पैसा नियन्त्रणमा लिई दार्जिलिङ पुगी वीपीलाई सो पैसा जिम्मा लगाइएको पुस्तकमा उल्लेख छ ।
पञ्चायतविरुद्ध लड्ने नेकासम्बद्ध क्रान्तिकारी युवाहरूको त्यो साहस चढ्दो जवानीमा मस्त पञ्चायती व्यवस्थाको निम्ति ठूलो चुनौती बन्यो । सशस्त्र सङ्घर्षको तयारी गरिरहेको वीपी समूहलाई न्यूनाङ्कन गर्दाको गल्ती त्यसपछि पञ्चायतले महसुस ग¥यो र भारतस्थित वीपी समूहका अड्डाहरूमा पञ्चायतले आफ्ना गुप्तचर सञ्जालको विकास ग¥यो । त्यसैको परिणामस्वरूप ओखलढुङ्गा काण्डमा काङ्ग्रेसले ठूलो क्षति भोग्नुपरेको थियो ।
तत्कालीन समयमा नेपालका विमानस्थलहरूको कमजोर सुरक्षा व्यवस्था र बैङ्कमा गोपनीयताको अव्यवस्थाको अपहरणकारीहरूले भरपूर फाइदा उठाएको देखिन्छ । बाहिरी विश्वसँग भर्खर भर्खरैमात्र खुल्दै गएको नेपाली समाजमा विमान चढ्नु व्यापक जनताको हैसियत र कल्पनाभन्दा धेरै टाढाको विषय थियो । समाजका केही धनीमानी खातापिता परिवारमा सीमित थियो–वायुसेवा । राजनीतिक उद्देश्यका लागि विमान अपहरण पनि हुनसक्छ भन्ने कुरा नेपालका सत्तासीन वर्गको कल्पनाबाहिरको विषय थियो । त्यसमाथि वीपी समूहको सशस्त्र सङ्घर्षको नीतिलाई पञ्चायती व्यवस्थाले मत्थर बनाउने प्रयास भइरहेको अवस्थामा विमान अपहरणको घटना अनपेक्षित थियो । न त अपहरणकारीसँग त्यसबारे प्रत्यक्ष वा अप्रत्यक्ष कुनै अनुभव वा ज्ञान थियो, न विमान चालकसँग कुनै अनुभव । त्यस्तो परिस्थितिमा विमान अपहरणले पञ्चायती व्यवस्थालाई त झस्कायो नै, त्यसको राजनीतिक सन्देश संसारभरि तरङ्गित बनायो । पुस्तकमा वर्णित अपहरणको तयारी र अपहरणको क्षण आजको समयमा उभिएर गम्दा ज्यादै साहसिक तर निकै सरल महसुस हुन्छ । के त्यस्तो विमान अपहरण आज त्यत्ति सरलतापूर्वक सम्भव होला ?
इतिहासलाई समृद्ध बनाएको विमान अपहरणलाई पञ्चायती व्यवस्थाले राजनीतिक अभिप्रायबाट घटना मान्न तयार भएन । त्यसलाई आपराधिक कार्यको रूपमा लगातार प्रचार गरिरह्यो । भारतमाथि कूटनीतिक दबाबमार्फत अपहरणकारीलाई सुपुर्दगी गर्न नेपाल सरकारले आग्रह गरिरह्यो । कूटनीतिक रूपमा अप्ठ्यारो अवस्थामा परेको भारत सरकारले नेपाली काङ्ग्रेससमक्ष ‘केही लाख बाँकी राखी राष्ट्र बैङ्कको पैसा राखिएको बाकस कुनै रेलवे स्टेशनमा छोड्न र त्यसबापत दोब्बर पैसा दिने’ प्रस्ताव गरेको थियो । तर, वीपीले सो प्रस्ताव अस्वीकार गरी सो घटनालाई अराजनीतिक अपराध प्रमाणित गर्ने पञ्चायतको प्रयास विफल बनाएको देखिन्छ ।
पञ्चायतले त्यसलाई जे नाम दिए पनि विमान अपहरण पञ्चायतीविरोधी सङ्घर्षको इतिहासको त्यो हिस्सा हो । त्यो इतिहासको गहिराइ नाप्ने लेखक र प्रकाशक सिनासको प्रयास कदरयोग्य छ ।
विमान अपहरणमा संलग्न तीन युवा र अन्य सहयोगीहरूबीच कतिपय विषयमा आएको फरक भनाइ र बुझाइको चर्चा हुनुले घटनालाई पूर्णतामा बुझ्न मद्दत पुगेको छ । यो विषयमा विमान अपहरणमा संलग्न एकजना अपहरणकारी दुर्गा सुवेदीको अलग संस्मरणात्मक पुस्तक प्रकाशन भएको छ । ‘नेपाली काङ्ग्रेस र विमान अपहरण’ पुस्तकमा सुवेदीबारे भिन्न टिप्पणीको प्रक्रियामा सुवेदीको सो पुस्तक प्रकाशन भएको हुनुपर्छ । भूमिगत अवस्थामा सबै कुरा सबैलाई थाहा नहुनु स्वाभाविक हो । सबैसँग अंश अंशमा मात्र घटना र विषयवस्तुको जानकारी हुन्छ । नेताका सबै योजना र सम्पर्क सबै कार्यकर्तालाई थाहा नहुनु र कार्यकर्ताले भोगेको प्रतिकूलताबारे नेतालाई पनि थाहा नहुनु स्वाभाविक हो । त्यो भूमिगतकालको अनुशासन पनि हो । त्यस्तो कालखण्डको इतिहास लेखन अझ चुनौतीपूर्ण हुने गर्छ । कर्ताले पूर्ण मानिरहेको घटना समग्रमा अंशमा बन्दा कतिपय सन्दर्भको बुझाइ नै फरक पर्ने गर्दछ । पुस्तकमा त्यस्ता धेरै प्रसङ्गमा यस्तो भाव अनुभव गर्न सकिन्छ ।
पुस्तक विमान अपहरणमै केन्द्रित भएर पनि पञ्चायतविरोधी सङ्घर्षको समग्रतामा सो घटनाको महत्वलाई केलाउने प्रयासले ओजिलो बनाएको छ । पुस्तक पढिसकेपछि मनमा लाग्यो–यो विषयमा किन कोही चलचित्र निर्देशकले अहिलेसम्म चलचित्र बनाएनछ !
Leave a Reply