भर्खरै :

भेनेजुयलाको सकसः अमेरिकी नव औपनिवेशिक–नीतिको उपज

योगेन्द्रमान बिजुक्छें
केही महिनाअघि भेनेजुयलाको आन्तरिक राजनैतिक घटनाक्रमलाई लिएर संयुक्त राज्य अमेरिकासँगको उनको कूटनैतिक र राजनैतिक विवाद चुलिएपछि विश्व राजनैतिक मञ्च तरङ्गित भयो । यस घटनाले नेपालको राजनैतिक र कूटनैतिक दबुमा पनि केही हलचल ल्यायो । नेपालको सत्तासीन पार्टीका एक नेताले भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गर्न नमिल्ने वक्तव्य सार्वजनिक भएपश्चात् नेपालका अधिकांश पूर्वराजनीतिज्ञ तथा एकाध बुद्धिजीवीहरूले नेपालसँग केही साइनो नभएको मुलुक भेनेजुयलाको बारेमा टिप्पणी गरेर सो वक्तव्यले अमेरिकासँगको नेपालको कूटनैतिक सम्बन्धलाई धरापमा पारेको र यसले नेपाललाई राम्रो नहुने विचार विभिन्न मिडियामार्फत सार्वजनिक भए । यस कुराले यस पङ्क्तिकारलाई लागेको थियो, विश्वमा घटिरहने राजनैतिक घटनाक्रम र त्यससँगको ऐतिहासिक पृष्ठभूमि र तीव्रगतिमा बदलिरहेको विश्व शक्ति सन्तुलन र व्यवस्थासँग नेपालका अधिकांश बुद्धिजीवी र कूटनैतिक वृत्तबाट धेरै टाढा छन् वा उनीहरू आँखा चिम्लेर पश्चिमा शक्तिको तावेदारी गर्छन् । हो, पश्चिम गोलाद्र्धमा अवस्थित भेनेजुयलासँग नेपालको कूटनैतिक सम्बन्ध छैन तर ग्लोबल भिलेजको दङ्का पिटेर संसार अब एउटा गाउँमा परिणत भयो भन्ने तर्क गर्नेले भेनेजुयला हामीजस्तै एक सार्वभौम सम्पन्न र स्वतन्त्र देश अनि संयुक्त राष्ट्र सङ्घको सदस्य पनि हो भन्ने सामान्य जानकारी त राख्नुपर्छ होला ।
नेपालले प्रत्यक्षरूपमा कुनै शक्ति राष्ट्रको उपनिवेश त हुन परेन तर अर्धउपनिवेश र शक्ति राष्ट्रको थिचोमिचो र बलमिचाइँको पीडाबाट भने हामी पक्कै अनभिज्ञ छैनांैँ । क्षेत्रफलमा नेपालभन्दा ६ गुणा ठूलो र जनसङ्ख्या करिब नेपालकै जस्तै ३ करोड १० लाखको हाराहारीमा रहेको भेनेजुयला सो¥हौँ शताब्दीदेखि (सन् १४९९ पछि) तात्कालीन शक्ति राष्ट्र स्पेनको उपनिवेश हुनपुगेको थियो । सिँगो ल्याटिन अमेरिकी महादेशलाई उपनिवेशबाट मुक्त गर्न क्रान्तिको शङ्खनाथ गर्ने राष्ट्र भेनेजुयलाको इतिवृत्तान्तसहित आज भेनेजुयलाको समस्या के हो र कसरी स्पेनको उपनिवेशबाट मुक्त भएको देशलाई संयुक्त राज्य अमेरिकाले घुमाउरो तरिकाले आफ्नो अधीनमा राख्न खोजेको छ भन्ने फेहरिस्ट गत शनिबार एक समारोहबीच विमोचन भएको पुस्तक ‘भेनेजुयला ः हिजो र आज’ ले पस्केको छ ।
विभिन्न अन्तर्राष्ट्रिय पत्रपत्रिका, विद्युतीय अनलाइनमा प्रकाशित लेख रचनाको अनुवाद, मजदुर दैनिक र साप्ताहिक श्रमिकको सम्पादकीय, भेनेजुयलासम्बन्धी विश्वका विद्वानहरूको अन्तर्वार्ता, विचार र वक्तव्यहरूको अनुवादसहित २८ वटा सामग्रीको सँगालोले भेनेजुयलाको सङ्क्षिप्त इतिहास त प्रस्तुत गरेकै छ । विशेषगरी यी सामग्रीहरूले ह्युगो चाभेजको उदयपश्चात् उनले देशलाई समाजवादी धारमा दोहो¥याउने नीति र कार्यक्रमलाई लागू गर्न थालेपछि यसले संयुक्त राज्य अमेरिकाको स्वार्थलाई कसरी प्रत्यक्षरूपले प्रभाव पार्यो भन्ने प्रस्ट पार्छ । युरोपीय शक्ति राष्ट्रहरूको उपनिवेशबाट मुक्त भइसकेको सिङ्गो ल्याटिन अमेरिकालाई त्यसपश्चात् प्रत्यक्ष र परोक्षरूपमा आफ्नै अधीन राख्न अमेरिकाले कसरी विभिन्न नीतिहरू (जस्तै मुनरो डक्ट्रीन) अपनाएर सैनिक हस्तक्षेपहरू गरे भन्ने कुराको पुस्तकले प्रस्ट पार्छ ।
पुस्तकमा समाविष्ट आठैवटा सामग्री पढिसक्दा भेनेजुयलालाई अमेरिकाले किन तारो बनायो भन्ने तथ्य छर्लङ्ग हुन्छ । संयुक्त राज्य अमेरिकाले भेनेजुयलाबाट दुईवटा ठूलो चुनौती देख्यो । पहिलो, वैचारिक वा सैद्धान्तिक (आइडियोलोजिकल) र दोस्रो, आर्थिक । भेनेजुयला ल्याटिन अमेरिकाको मुक्तिदाता सिमोन बोलिभारको देश हो । ह्युगो चाभेजको उदयपश्चात् उनको क्युवासँगको सान्निध्यताले सिङ्गो ल्याटिन अमेरिकी महादेशमा समाजवादी व्यवस्था अपनाउने अभियानको थालनी त हुने होइन भन्ने डर एकातिर छ भने अर्कोतिर चाभेजको सुधारवादी र समाजवादउन्मुख नीतिहरूले भेनेजुयलाको विपुल प्राकृतिक स्रोतको दोहन गर्नबाट अमेरिका बिमुख हुने वास्तविकता । पुस्तकले उजागर गरेको महत्वपूर्ण तथ्य भनेको संयुक्त राज्य अमेरिकाले आफ्नो स्वार्थमा धक्का पुगेपछि अमानवीय, अनैतिक र अवैधानिक आर्थिक नाकाबन्दीको अस्त्रले भेनेजुयलामा आर्थिक सङ्कटको सृजना गर्ने प्रयास र सोही आर्थिक सङ्कटलाई देखाएर वर्तमान निर्वाचित माडुरो सरकारलाई अपदस्त गर्ने कुटिल र घृणित चाल हो ।
प्रजातन्त्र र मानव अधिकारको सबभन्दा सुन्दर पक्षको भनेको सहिष्णुता र शान्ति हो । दुनियाँभर प्रजातन्त्र र मानव अधिकारको दुहाइ दिने संयुक्त राज्य अमेरिका कति असहिष्णु र युद्धपिपासु छ भन्ने कुरो पुस्तकले प्रमाणित गर्छ । पश्चिमा शक्तिको एकोहोरो भजन गाउने नेपाली बुद्धिजीवी र कूटनीतिज्ञहरूले पुस्तक पढेमा विश्वको नयाँ क्षितिज उद्घाटित हुनेछ । विभिन्न समयमा लेखिएका लेख रचनाको अनुवादको सङ्कलन भएको हुनाले उही तथ्य र सन्दर्भ धेरै ठाउँमा दोहोरिएको छ र घटना विवरण क्रमबद्ध छैनन् । भेनेजुयलाको बारेमा पहिला नपढेका पाठकहरूलाई मेसो पाउन अलि अपठ्यारो हुनसक्छ ।
तर, तेस्रो विश्वको एउटा सार्वभौम देश जुन आफ्नै ढङ्गले बहुमत जनताको जनादेश लिएर अगाडि बढ्न खोज्दा अमेरिकाजस्तो आफूलाई संसारको मियो ठान्ने देशले दिन दहाडै सबै अन्तर्राष्ट्रिय सन्धि सम्झौताको धज्जी उदाउँदै नाङ्गो हस्तक्षेप उदाङ्ग्याउन पुस्तक सफल छ । पुस्तक प्रकाशक पत्रकार समाज नेपालले सम्पूर्ण पाठकलाई गुण लगाएको छ ।
पुस्तकमा समाविष्ट आठैवटा सामग्री पढिसक्दा भेनेजुयालालाई अमेरिकाले किन तारो बनायो भन्ने तथ्य छर्लङ्ग हुन्छ । संयुक्त राज्य अमेरिकाले भेनेजुयलाबाट दुईवटा ठूलो चुनौती देख्यो । पहिलो, वैचारिक वा सैद्धान्तिक (आइडियोलोजिकल) र दोस्रो, आर्थिक ।
प्रजातन्त्र र मानव अधिकारको सबभन्दा सुन्दर पक्षको भनेको सहिष्णुता र शान्ति हो । दुनियाँभर प्रजातन्त्र र मानव अधिकारको दुहाइ दिने संयुक्त राज्य अमेरिका कति असहिष्णु र युद्धपिपासु छ भन्ने कुरो पुस्तकले प्रमाणित गर्छ । पश्चिमा शक्तिको एकोहोरो भजन गाउने नेपाली बुद्धिजीवी र कूटनीतिज्ञहरूले पुस्तक पढेमा विश्वको नयाँ क्षितिज उद्घाटित हुनेछ ।
पुस्तकको नाम ः भेनेजुयलाः हिजो र आज
प्रकाशक ः पत्रकार समाज, नेपाल
पृष्ठ ः १३८
मूल्य ः रु. २००.००

Leave a Reply

Your email address will not be published. Required fields are marked *