भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाइ
- जेष्ठ ८, २०८३
– सिवी अधिकारी
काठमाडौँ, ११ जेठ । सगरमाथा कति पटक चढ्नुहुन्छ भनेर प्रश्न नसोध्नुस्, सगरमाथा चढिरहन्छु, यो मेरो ‘प्यासन’ हो, सगरमाथाको २४ औँ पटक सफल आरोहण गरेर फर्किएका कीर्तिमानी आरोही कामीरिता शेर्पाले रासससँग भन्नुभयो । यही जेठ ७ गते २४औँ पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएका आरोही शेर्पाले शनिबार काठमाडौँ फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको स्वागतपछि संंिक्षप्त प्रतिक्रिया दिँदै सगरमाथा आरोहणलाई आगमी वर्ष पनि निरन्तरता दिने बताउनुभयो ।
चौबीसौँ पटक सगरमाथाको सफल आरोहण गर्दा कस्तो अनुभूति भएको छ भन्ने जिज्ञासामा आरोही शेर्पाले सफलतापूर्वक सगरमाथा आरोहण सकेर फर्किएकामा आफूलाई असाध्यै खुसी र गर्वको महसुस भएको बताउँदै शारीरिक अवस्था पनि तन्दुरुस्त रहेको जानकारी दिनुभयो । यस यामको आरोहण सन्दर्भमा आरोही शेर्पाले मौसमले साथ दिएकाले नै आफूसहितका आरोहीले सफलता पाएको उल्लेख गर्नुभयो । उहाँका धर्मपत्नी ल्हाक्पा जाङबु शेर्पाले श्रीमानको सफलताले आफूमा खुसीको सीमा नरहेको बताउनुभयो ।
कीर्तिमानी आरोही कामीरिता शेर्पाले २४ औँ पटक सगरमाथाको सफल आरोहण सकेर शनिबार काठमाडौँ फर्किनुभएको हो । आरोही शेर्पालाई विमानस्थलको आन्तरिक टर्मिनल परिसरमा भव्य स्वागत गरिएको थियो । उपस्थित शेर्पा समुदायले परम्पराअनुरुप शेर्पा पहिरनमा झाँकी, सांस्कृतिक बाजागाजासहित कीर्तिमानी शेर्पालाई स्वागत गरेका थिए । कीर्तिमानी आरोहीको स्वागतका लागि धर्मपत्नी ल्हाक्पा जाङबु शेर्पालगायत परिवार आफन्त तथा पर्वतारोहण क्षेत्रमा आबद्ध व्यक्तिका उल्लेख्य सङ््ख्यामा उपस्थिति थियो ।
सोलुखुम्बुको थामेगाउँमा जन्मनुभएका ४९ वर्षीय कामीरिता शेर्पाले यसअघिको आफ्नै २३ औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाउनुभएको हो । वसन्त ऋतुको यस याममा कामीरिताले सात दिनको अवधिमै दुई पटक सगरमाथा अरोहण गर्नुभएको थियो । उहाँले आगामी वर्षमा पनि आरोहणलाई निरन्तरता दिने बताउनुभयो ।
सगरमाथाको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार कामीरिता शेर्पाले ७ गते बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको २४ औँ पटक सफल आरोहण गर्नुभएको थियो । त्यसअघि उहाँले जेठ १ गते बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको २३ औँ पटक आरोहण गरी कीर्तिमान कायम गर्नुभएको थियो ।
सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने यसअघि नै बताइसक्नुभएको छ । शेर्पाले एकै याममा दुईपटक सगरमाथा चढेको यो चौथो पटक हो । यसअघि उनले तीन आरोहण याममा दुई÷दुई पटक सगरमाथा चढिसक्नुभएको थियो । कामीरिताले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पाएकाले पनि सन् २००९, २०१० र २०१३ को वसन्त ऋतुको एकै याममा दुईपटक सगरमाथा चढ्नुभएको थियो । कामीरितापछि हालसम्म आप्पा शेपा, ङ्मिानुरु शेर्पा र फुर्वाटासी शेर्पाले समान २१ पटक तथा आङदोर्जी शेर्पा, छेवाङङिमा शेर्पा १९ र मिङ्माछिरी शेर्पाले समान १९ पटक सगरमाथा आरोहणको कीर्तिमान छ । त्यस्तै लाक्पारिता शेर्पाले १७ र निमा गोम्बु शेर्पाले १६ पटक सगरमाथा आरोहण गर्नुभएको छ । रासस
Leave a Reply