मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, १३ जेठ । भक्तपुरको फोहरमैला व्यवस्थापनसम्बन्धी प्रतिवेदन कार्यदलका प्रमुख अमितशङ्कर रञ्जितले नगर प्रमुख सुनिल प्रजापतिलाई बुझाउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले फोहोर व्यवस्थापन गर्न अल्पकालीन र दीर्घकालीन सोचको आवश्यकता भएको र भक्तपुरको फोहर व्यवस्थापनमा नयाँ प्रविधिको अध्ययन गर्न ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेजको वातावरण विज्ञान विज्ञहरूसहितको संयुक्त कार्यदल गठन सात महिनाअघि भएको बताउनुभयो ।
काठमाडौँ उपत्यकाको फोहर एकै ठाउँमा व्यवस्थापन गर्नु अनुचित भएको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको फोहर व्यवस्थापन गर्न अहिलेदेखि नै अध्ययन अनुसन्धानलाई जोड दिएको प्रस्ट पार्नुभयो । उहाँले फोहरलाई कम्पोष्ट मल बनाउने मौलिक शैलीको अध्ययनबारे पनि ध्यान दिनु आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले सरसफाइमा नयाँ प्रविधि प्रयोग गरी त्यसको उचित व्यवस्थापन गर्दै जाने उल्लेख गर्दै प्रमुख प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले हरेक विषयमा अध्ययन र अनुसन्धानलाई जोड दिइरहेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले नगरको सरसफाइलाई ध्यानमा राखेर पाक्षित सरसफाइको अभियान सुरु गरेको उल्लेख गर्दै घरघरबाटै कुहिने र नकुहिने फोहर छुट्याएर सङ्कलन गर्ने ध्येयले नगरवासीहरूलाई बाल्टिन तथा कम्पोष्ट बिन वितरण गरेको बताउनुभयो ।
उहाँले भक्तपुरवासीको मुख्य पेशा कृषि भएकोले कुहिने फोहेरलाई पुनःप्रयोगमा ध्यान दिनुपर्ने र फोहरलाई सहीरूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाको फोहर व्यवस्थापनसम्बन्धी अध्ययन कार्यदलका संयोजक अमितशंकर रञ्जित, कार्यदलका सदस्यद्वय पुन भैल, सुशिला ग्वाछा र नलेज इन्टिग्रेसन सर्भिस (KIS) का डा. ज्योतिले विभिन्न क्षेत्रबाट निस्केको फोहर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्रस्तुतीकरण दिनुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले फोहरलाई वैकल्पिक ऊर्जाको रूपमा प्रयोग गर्ने नगरपालिकाको उद्देश्य रहेको प्रस्ट पार्नुभयो ।
Leave a Reply