काठमाडाँै, १३ जेठ । नेपाल मजदुर किसान पार्टी चन्द्रागिरी नगर समितिको आयोजनामा बलम्बुमा सोमबार समसामयिक विषयमा कोणसभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले हिजो अल्पमतको सरकार भएकोले सरकारमा रहेर काम गर्न नपाएको भन्ने पार्टीले दुईतिहाइ बहुमत पाएर पनि काम गर्न नसक्नु राजनैतिक अकर्मण्यता र अपरिपक्वताको द्रष्टान्त हो भन्नुभयो । उहाँले कम्युनिष्टको मूल्य र मान्यता, सिद्धान्तविपरीत काम गर्ने पार्टी कम्युनिष्ट हुनैसक्दैन भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी मजदुर सङ्घका अध्यक्ष राजेन्द्र चवालले सरकार ठेकेदार र कमिसनतन्त्र ठगहरूको घेरामा रहेको उल्लेख गर्दै संविधानमा समाजवादउन्मुख प्रावधान रहेको अवस्थामा पनि पँुजीवादी नीति र कार्यक्रम ल्याउनु पँुजीपतिवर्गको दलाल गर्नु हो भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले खोकना र बुङ्गमतीका जनतालाई फास्ट्रयाकको नाममा बस्ती नै उठिवास गर्न लागेकोमा विरोध गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी चन्द्रागिरी नगर समितिका अध्यक्ष गुणदास महर्जन र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष सविन ख्याजू, जितबहादुर महर्जनलगायतले बोल्नुभएको थियो ।