भर्खरै :

नगर शिक्षा समितिको ध्यानाकर्षण

भक्तपुर, १३ जेठ । भक्तपुर नगरपालिका शिक्षा शाखाले सोमबार एक वक्तव्य जारी गरी भक्तपुर नपा वडा नं ७ स्थित नवीन आधारभूत विद्यालयको विषयमा केही दिनदेखि केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ ।
वक्तव्यमा लेखिएको छ, “नगर शिक्षा समिति, भक्तपुरको निर्णयअनुसार प्रधानाध्यापक तुल्सीराम ग्वाछालाई विद्यालयमा कामकाज गर्न रोक लगाई छानबिनको लागि नगर शिक्षा शाखामा जेठ १० गतेबाट हाजिरी गराइएको छ । साथै सत्यतथ्य पत्ता लगाउन छानबिन प्रक्रिया अगाडि बढाइएको छ । विद्यालयको दैनिक काम कारबाही गर्न विद्यालय व्यवस्थापन समितिलाई निर्देशन दिइएको र छिट्टै छानबिन गरी यो प्रक्रियालाई टुङ्ग्याउने निर्णय समितिले जनाएको छ ।”
वक्तव्यमा प्रअ ग्वाछालाई २४ घण्टे स्पष्टीकरण सोधिएको र समयमै निजले नगर शिक्षा शाखामा स्पष्टीकरण पेश गरिएको उल्लेख छ । समितिले विद्यालयका सबै जिम्मेवारीबाट मुक्त गरी शाखामा बोलाइएको र हाल विद्यालयका दैनिक काम गर्ने जिम्मेवारी शिक्षक प्रकाश ग्वाछालाई दिइएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *