भर्खरै :

गणेश माविमा श्रद्धाञ्जली कार्यक्रम

भक्तपुर, १३ जेठ । गणेश माध्यमिक विद्यालय, भार्वाचोले विद्यालयमा कार्यरत कार्यालय सहयोगी लक्ष्मीदास महांकालको श्रद्धाञ्जली कार्यक्रम ग¥यो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद याकामीले कार्यालय सहयोगी लक्ष्मीदास महांकाल विद्यालयमा सेवा प्रवेश गरेदेखि विद्यालयको नीतिनियममा बसेर इमानदारीपूर्वक काम गर्ने बफादार सहयोगी हुनुहुन्थ्यो भन्नुभयो ।
कार्यक्रममा विद्यालयका संस्थापक कृष्णबहादुर दुगुजू, शिक्षक, विद्यार्थीहरूले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका सह प्र.अ. गणेशराम थुसाले पनि बोल्नुभएको थियो ।
लक्ष्मीदास महांकालको जेठ १२ गते निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *