भर्खरै :

शारदामा रघुरामप्रति श्रद्धाञ्जली

भक्तपुर, १३ जेठ । शारदा माध्यमिक विद्यालयमा लामो समयदेखि सेवा गर्नुभएका पियन रघुराम ग्वायमरुको निधन भएको छ । केही समयअघि विद्यालयबाट अवकाश प्राप्त पियन रघुराज ग्वायमरुको सम्झनामा विद्यालयले सोमबार शोकसभा ग¥यो ।
विद्यालयमा ४ दशकभन्दा बढी समय सेवा गर्नुभएका ग्वायमरुको गत जेठ ११ गते शनिबार निधन भएको थियो । उहाँको सम्झनामा विद्यालयले आयोजित सभामा विद्यालयका पूर्वप्रधानाध्यापक तथा शिक्षासेवी उद्धव सुजखूले उहाँ विद्यालयको कर्मचारीमात्र नभई सम्पूर्ण विद्यालयको अभिभावक भएको बताउनुभयो ।
सोही कार्यक्रममा प्रधानाध्यापक रोशनराज तुईतुईले रघुराज ग्वायमरुको जीवनबाट धेरै कुरा सिक्न सकिने बताउँदै आफ्नो जिम्मेवारीबाट कहिल्यै पछाडि नहटने स्वभाव उहाँमा रहेको विचार व्यक्त गर्नुभयो । सभामा शिक्षक सुशिला कर्माचार्य र सुन्दर राजचलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *