भर्खरै :

तातोपानी नाका चार वर्षपछि खुल्यो

चौतारा, १५ जेठ (रासस): विसं २०७२ वैशाख १२ गते गएको भूकम्पलगतै बन्द रहेको तातोपानी नाका चार वर्षपछि सञ्चालनमा आएको छ ।
भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको लिपिङमा निर्मित मितेरी पुलमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र चीन सरकारको तर्फबाट वाणिज्य उप–मन्त्री झाङ जि वइन र चिनियाँ राजदूत होउ याङ छिले संयुक्त रुपमा रिबन काट्दै उक्त नाकाको उद्घाटन गर्नुभएको हो ।
नाका सञ्चालनमा आए पनि मानिसको आवतजावत भने खुला गरिएको छैन । कार्यक्रममा सांसदद्वय अग्निप्रसाद सापकोटा र शेरबहादुर तामाङ, प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल, बाह्रबिसे नगरपालिकाका प्रमुख निम फुञ्जो शेर्पा, भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेललगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *