भर्खरै :

नेपाली व्यङ्ग्यचित्र अन्तरराष्ट्रियस्तरमा पु¥याउन जोड

काठमाडाँै, १५ जेठ (रासस) ः नेपाली क्यारिकेचरका लागि कार्टुनिष्ट क्लब अफ नेपालले आज कार्यशाला प्रदर्शनी आयोजना गरेको छ । यही जेठ ३०, ३१ र ३२ गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)ले गर्न लागेको क्यारिकेचर प्रदर्शनीमा सहभागी हुनेहरुका लागि क्लबले कार्यशाला गोष्ठी आयोजना गरेको हो ।
अन्य कलाका क्षेत्रलाई जस्तै क्यारिकेचर विधालाई पनि प्राथमिकतामा ल्याउन नाफाले क्यारिकेचर प्रतियोगिता तथा प्रदर्शनी आयोजना गर्न लागिएको नाफाका कुलपति कान्छाकुमार कर्माचार्यले बताउनुभयो । “क्यारिकेचर सजिलो काम होइन”, उहाँले भन्नुभयो । आफ्नो व्यङ्ग्यचित्रलाई सही मूल्याङ्कनमा पार्न व्यङ्ग्यसम्बन्धी नीतिनियम बुझेर मात्र बनाउन उहाँले अनुरोध गर्नुभयो । नेपाली व्यङ्ग्यचित्रलाई अन्तरराष्ट्रियस्तरमा पु¥याउनसक्ने बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कलाकार कुलमानसिंह भण्डारीले भियतनाम युद्धका बेला अमेरिकाले गरेको आक्रमणका विरुद्ध बीसको दशकमा व्यङ्ग्यचित्र बनाई चीनमा भएको प्रदर्शनीमा पठाउनुभएको थियो ।
नेपालमा २००७ साल अगाडि राणाशासनको अन्त्यका लागि पहिलो पटक चन्द्रमानसिंह मास्केले व्यङ्ग्यचित्र बनाउनुभएको क्लबका पूर्वअध्यक्ष केशवराज खनालले जानकारी दिनुभयो । “पहिले पत्रिकालाई आकर्षक बनाउन विदेशी कार्टुनहरु प्रयोग गरिन्थ्यो भन्ने इतिहासबाट प्रष्ट हुन्छ”, उहाँले भन्नुभयो । पहिले प्रविधिको विकास नभएकाले व्यङ्ग्यचित्र प्राथमिकतामा नआए पनि अहिले प्रविधिको सहजतासँगै आर्थिक कारणबाट यसको विकास हुन नसकेको उहाँले बताउनुभयो । सो अवसरमा क्लबका अध्यक्ष अबिन श्रेष्ठले व्यङ्ग्यचित्रकारले क्यारिकेचर गर्दा के कुरामा ध्यान दिनुपर्छ भन्ने जानकारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *