अतिक्रमणमा परेको जग्गा पशुपतिनाथको नाउँमा ल्याउनु जरुरी
- असार २९, २०८३
– सुविज्ञा थापा
पछिल्लो समय इरान र संरा अमेरिकाको सम्बन्ध तनावमा छ । संरा अमेरिकाले मध्यपूर्वका आफ्ना सहयोगी देशमा रहेका नागरिक र सैन्य क्याम्पमाथि इरानले आक्रमण गर्न सक्ने झूट कुरा गर्दैछ । त्यसबाट जोगिन भन्दै उसले मध्यपूर्वमा आफ्ना सैनिक बढाएको छ भने इरान सरकारमाथि प्रतिबन्ध थोपेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले युद्ध सुरू गरे इरान सकिने चेतावनी दिएका छन् । विश्वकै शक्तिशाली अमेरिका र आणविक राष्ट्र इरानबीचको यो द्वन्द्वमा नेपालको सोझै सम्बन्ध छैन । तर अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले यो मामिलामा नेपाललाई पनि जोडेका छन् ।
बुधबार संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा बोल्टनले मे महिनाको सुरूमा चार वटा पानीजहाजमा भएको आक्रमण इरानले गरेको दाबी गरे । अमेरिकासहित पाँच देशले गत मे १२ मा सी अफ ओमनमा चारवटा पानीजहाजमाथिको आक्रमणको अनुसन्धान गरिरहेका छन् । ‘‘वासिङ्टनका कसैलाई पनि आक्रमणमा को जिम्मेवार छ भन्नेमा दुविधा छैन,’’ बोल्टनले संवाददाताहरूसँग भने, ‘‘तपाईं यस्तो अरू कसले ग¥यो होला भन्ने सोच्नुहुन्छ ? कोही नेपालबाट आएर ग¥यो होला त ?’’
अमेरिकी राजनीतिकर्मी बोल्टनको भनाइले स्पष्टतः नेपाल कमजोर छ र उसले केही गर्न सक्दैन भन्न खोजेको छ । नत्र उनीजस्तो राज्यको महत्वपूर्ण पदमा बसेको राजनीतिकर्मीले आफ्नो देशको कूटनीतिक सम्बन्ध भएको देशलाई अप्रासङ्गिकरूपमा जोडेर हेपेर बोल्न आवश्यक थिएन । युद्धपिपासु प्रवृत्तिका बोल्टन यसअघिका रिपब्लिकन राष्ट्रपति जर्ज डब्ल्यु बुशलाई अफगानिस्तान र इराकमाथि हमला गर्न उक्साउनेमध्येका एक हुन् । अहिले उनी राष्ट्रपति ट्रम्पको क्याविनेटमै बसेर इरानविरुद्ध युद्धमा देशलाई जाक्न जम्जमाएर लागेका छन् । केही हप्ताअगाडि भारतीय लोकसभा निर्वाचनको क्रममा आम आदमी पार्टीकी एक नेतृले चौकीदार त हामी नेपालबाट जत्ति पनि ल्याउन सक्छौं भनी नेपाल र नेपालीलाई हेपेर बोलेकी थिइन् । विगतमा कयौँ भारतीय, बेलायती, अमेरिकीलगायत राजनीतिकर्मीहरूले नेपालको स्वाभिमानमा चोट पुग्नेगरी बोलेका थिए । त्यसमा बोल्टन पनि थपिएका छन् ।
Leave a Reply