अनिवार्य शिक्षा नारामा सीमित ‘सबैको लागि शिक्षा’ असफल साबित
- बैशाख ५, २०८१
विशाल कुमार साह
आफ्नो सबै सुख सयल त्यागी सहर पुगँे । सुरुमा त मलाई नमज्जा लाग्यो ।
आफूलाई गाउँमा खेली कुदी रमाइलो गर्ने बानी भइसकेको थियो । आफू र गाउँका केही साथीहरू मिलेर गाउँ घर डुल्ने, साथीभाइसँग खेल्ने, ठट्टा गर्ने बानी परिसकेको थियो । गाउँमा हुँदा साथीहरूसँग मिलेर लाल बकैया नदीको किनारामा गएर रमाउने र त्यहाँको हावापानीसँग खेल्ने गथ्र्यौं । छरछिमेका खेतबारीमा गई तिकोला, जामुन, इमलीजस्ता खानेकुराहरू टिपेर खान्थ्यौं । यसरी मेरो बाल्यकालीन दिनहरू बितिरहेको थियो । एकदिन बेलुका खाना खाइरहँदा बुबाले भन्नुभयो, “अब तिमी पढ्नको लागि सहर पुग्नुपर्छ ।” त्यतिभन्दा म झसङ्ग भएँ र सोचेँ, ‘बुबाले मसँग मजाक गर्नुभएको होला ।’ तर, होइन रहेछ । जब बुबाले हामीलाई सहर पठाउन चाहिने सामान किनेर ल्याउनुभयो त्यतिबेला मलाई एउटा ठूलो ढुङ्गाले थिचेजस्तो लाग्यो । मलाई थाहा भयो, म साँच्चै जानुपर्छ भनेर । अनि म खाटमा पल्टेर सोच्न थालेँे, सहर कस्तो होला ? त्यहाँका मानिसहरू कस्ता होलान् ? स्कूलमा पढाउने शिक्षक कस्तो होलान् ? मेरो मनमा कुरा खेलिरह्यो । मेरा सबै साथीहरूलाई छोडेर जाने भएँ । म अब एक्लै हुने भएँ । यस्तो कुराले मेरो मुटु कटक्क भएको थियो । म घर छोड्ने बेला मेरो दुइटै आँखा आँसुले भरिएका थिए । अन्ततः हामी दुई दाजुभाई सबैलाई छोडी सहरतिर लागेँ ।
म बिहानै सहर पुगेँ । चर्को घाम लागिरहेको थियो । म बोतलको पानीले सडकछेउ गएर आँखा धोएँ । त्यसपछि भाइ र अङ्कलले मुख धुनुभयो । अनि हामी गल्लीको बाटो हुँदै कोठातिर लाग्याँै । ठूलठूला घर र बाटोको छेउमा बसेर आइमाईले लुगा धोइरहेको देख्दा मलाई अनौठो लागिरहेको थियो । आफूले पनि यसै गरी लुगा धनुपर्ने हो कि जस्तो लाग्यो । इँटैइँटाले छापिएको बाटो हँुदै हामी कोठामा पुग्यौँ । सहरमा न हामीलाई कसैले चिने न त हामीले कसैलाई चिन्यौँ । न त हामीलाई नेपाली भाषा नै बोल्न आउँथ्यो न नेवारी नै । सुरुका दिन दुई भाइलाई एकदमै नमज्जा लाग्यो र पिँजडामा थुृनिएकाजस्ता भयौं । मेरो लागि कोठा कालकोठरीजस्तो भयो । कोठामा रमाइलो गर्ने खालका त्यस्ता केही पनि सामान थिएन । हामी दुई भाइलाई सहरमा बस्न कति मन परेन । म त सोच्थेँ, सहर आएको सपना भइदेओस् । तर, दुर्भाग्य हामी विपनामै थियौँ । कति दिन म कोठाभित्र रोएको पनि थिएँ । कहिलेकाहीँ अङ्कललाई घर जानुप¥यो भन्थेँ । अङ्कल हामीलाई फकाइफुलाइ गर्नुहुन्थ्यो । हामीलाई कोठाबाट बाहिर निस्कन पनि डर लाग्थ्यो । हामी हराइहाल्छौँ कि भनेर कहीँ पनि घुम्न जाँदैन्थ्यौं । कोठामा म र भाइ हुँदा सानो तिनो कुरामा पनि झगडा हुन्थ्यो ।
हामीलाई अङ्कलले नेपाली भाषा बोल्न सिकाउनुभयो । हामी पनि विस्तारै बोल्दै गयौँ । अङ्कलले हामीलाई बेलुका घुमाउन लैजानुहुन्थ्यो । घुम्न जाँदा हामीलाई कसैले केही सोध्दा अङ्कल आफैं उत्तर दिनुहुन्थ्यो किनभने हामीलाई नेपाली भाषा बोल्न आउँदैन्थ्यो । घुम्दा मलाई मन्दिरका दृश्य एकदमै रमाइलो लाग्थ्यो । झिलीमिली बत्ती बलिरहँदा मलाई आकाशका ताराहरू मन्दिरमा बसे जस्तो लाग्थ्यो । हामी घुमेर कोठा फकिँदा म सबै कुरा फोनबाट आफ्नो आमालाई भन्थँे । सहरमा सरसफाइलाई बढी ध्यान दिइनेरहेछ । यस्ता कुराहरू आमालाई सुनाउँदा उहाँ एकदमै खुसी हुनुहुन्थ्यो । हामीलाई घुम्दामात्र अलि मनलाग्थ्यो । नत्र हामीलाई आफ्नै घर जान मनलाग्थ्यो । कोठामा हँुदा हामीलाई एक्लोपन र नकारात्मक सोचमात्र आइरहन्थ्यो । त्यसले गर्दा अमृत पनि विष हो कि जस्तो लाग्थ्यो ।
केही दिनपछि अङ्कलले हामीलाई स्कूलमा लानुभयो । स्कूलको भवन ठूलो थियो । स्कूललाई चारैतिरबाट पर्खालले घेरिएको थियो । हामीले गाउँमा सानो स्कूलमात्र देखेका थियाँै । स्कूलको चउर हरियो घाँसले भरिएको थियो । स्कूलको बाटोको दुइटै छेउमा रुखहरू थिए । स्कूलको चउरमा हावा सिरसिर चलिरहेको थियो । स्कूलको वातावरण रमणीय थियो । हामीले स्कूलको हेडसरसँग कुरा ग¥याँै र त्यहीँ स्कूलमा पढ्ने निधो भयो । फेरि एकपटक स्कूलको अवलोकन ग¥यौँ । आफ्नो गाउँमा त्यस्तो ठूलो स्कूल नदेखेकोले आफूलाई सबै कुरा अनौठो लागिरहेको थियो । सुरुसुरुमा स्कूल पढ्न जाँदा हामीलाई बुभ्mन गाह«ो भएको थियो । हामी टुक्राटाक्री नेपाली भाषा मात्र बोल्थ्यौं । त्यहाँका शिक्षक म र भाइसँग बोल्दा बढीजसो हिन्दी भाषाको प्रयोग गर्नुहुन्थ्यो । सुरुसुरुमा पढाएका कुरा पनि केही बुझिएनको थिएन । अन्त्यमा हामी सहर पढ्नको लागि आएका छाँै । जस्तोसुकै कठिनाइको सामना गर्नुपर्छ भन्ने अठोटका साथ हामी पढ्दै गयौं । यो साल मैले एसईई परीक्षा दिएको छु ।
Leave a Reply