भर्खरै :

बिस्केटजात्रा भव्य रूपमा सम्पन्न गर्न भेला

भक्तपुर, १४ चैत । भैरवनाथ जात्रा सहयोग समितिको आयोजनामा यस वर्षको बिस्केट जात्रालाई संयमित रूपमा सम्पन्न गर्न स्थानीयवासी, प्रशासन, नगरपालिकाका प्रतिनिधिबीच सोमबार भेला भयो ।
भेलामा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बिस्केट जात्रा मर्यादित र संयमित रूपमा सञ्चालन गर्न प्रशासनबाट हुने सहयोगमा कुनै कमि नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति एवं जननिर्वाचित वडाअध्यक्ष कुमार चवालले जात्रा सञ्चालनको लागि सबैको तर्फबाट सहयोगको अपेक्षा गर्दै स्वयम्सेवकको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
भनपाका प्रतिनिधि गौतमप्रसाद लासिवाले बिस्केटजात्रा अवलोकनको लागि देश/विदेशबाट पर्यटकहरू आउने भएकोले संयमित र व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा गुठी संस्थानका कार्यालय प्रमुख हरिप्रसाद सुवेदी, भक्तपुर जिल्लाका एसपी किरण राणा, उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष रामप्रसाद प्रजापतिलगायतले बिस्केट जात्रा सम्पन्न गर्नको लागि आ–आफ्नो क्षेत्रबाट आवश्यक तयारी तथा सहयोग गर्ने तत्परता व्यक्त गर्नुभयो । कार्यक्रममा समाजसेवीहरू सत्यनारायण दिदिया, अनन्तप्रसाद धौभडेल र ध्रुवनारायण लिवीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *