भोटेकोसी बाढी र जलवायु परिवर्तनको प्रभाव ?
- भाद्र १५, २०८३
काठमाण्डौ, १५ चैत्र । स्थानिय तहको निर्वाचन आचारसंहिता लागु भएसंगै स्थगित भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मतदान प्रक्रिया आर आर क्याम्पसमा सुरु भएको छ ।
निर्वाचन आयोगले स्थानिय तहको निर्वाचन आचारसंहिता लागु भएको बताउँदै बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचन सम्पन्न नभएसम्म पूर्वघोषितबाहेक अरु कुनैपनि चुनाव नगर्न नगराउन त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गरेको थियो । सोहि कारण देखाई काठमाण्डौ जिल्ला प्रशासनले आर आर क्याम्पसमा घोषणा गरिएको स्ववियु चुनाव रोकेको थियो ।
आर आर क्याम्पसको स्ववियु चुनाव पूर्व घोषित भएको भन्दै दायर गरिएको रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले स्ववियु निर्वाचन गर्न आदेश जारी गरेको थियो ।
अखिल (क्रान्तिकारी), अखिल (छैठौं), अखिल(पाँचौं), नयाँ शक्तिलगायतका नौ विद्यार्थी संगठनहरुले निर्वाचन प्रक्रिया निष्पक्ष नभएको, संगठन दर्ता प्रक्रियामा समेत धाँधली भएको भन्दै स्ववियु निर्वाचन बहिस्कार गरेका थिए । तर क्याम्पस प्रशासनले विद्यार्थी संगठनहरुको विरोधका बाबजुद पनि बलपूर्वक निर्वाचनको मतदान प्रक्रिया सुरु गरेको छ ।
निर्वाचनमा नेपाल क्रान्तिकारी विद्यार्थी संघ, अनेरास्ववियु, नेविसंघले सहभागी रहेको स्रोतले जनाएको छ । नेक्राविसंघका तर्फबाट अनिता श्रेष्ठ नेतृत्वको प्यानलले निर्वाचनमा आफ्नो उम्मेदवारी दिएको थियो ।

Leave a Reply