मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
– चन्द्रकला भण्डारी
भद्रपुुर, २२ जेठ । जतिबेला तराईमा मोटरगाडीको चलन आइसकेको थिएन, त्यसबेला सामान ढुवानीका लागि गोरुगाडा वा राँगागाडाको विकल्प थिएन । हरेक किसान र व्यापारीसँग गाडा हुन्थे । किसानहरू खेतमा गोबर मल लैजान, पाकेको बाली घर भित्याउन र राइस मिलमा कुटानी पिसानीको लागि धान लैजान राँगागाडीको प्रयोग गर्थे । पहिला पहिला बिहेमा जन्ती लैजान र बेहुलाबेहुली बोक्न समेत गोरुगाडीको प्रयोग गर्ने चलन थियो ।
अहिले प्रविधिको विकासले चलन फेरिएको छ । गोरुगाडा वा राँगागाडा अब इतिहास भइसके । कार, जिप, ट्रक र ट्र्याक्टर व्यापक हुँदै गएपछि जनावरले तान्ने गाडीहरू प्रायः गायब भएका छन् । तर, यतिबेला भद्रपुर भन्सार कार्यालय या छेवैको मेची पुलमा पुग्नुभयो भने सामान लाद्न र झार्न भ्याइनभ्याई अवस्थामा राँगागाडीको एक दर्जन जतिको लस्कर देख्न पाउनु हुनेछ ।
व्यापारीहरूले भारतको कोलकाता, सिलीगुढी, मुम्बईदेखि आयात गरेर नेपाल ल्याएका सामग्रीहरू भारतको विहारस्थित गलगलिया नाकाबाट राँगागाडीमा लादेर भद्रपुर भन्सार ल्याउने गरेका छन् । मोटरको बाटो सहज नभएको कारण व्यापारीहरूसँग राँगागाडीमा ढुवानी गर्नुको विकल्प पनि छैन ।
दुई देशबीचको नाकामा आजको एक्काइसौं शताब्दीमा राँगागाडीमा सामान ओसारपसार गर्नु व्यापारीहरूको रहर होइन । भारत विहारको गलगलिया र नेपालको भद्रपुर जोड्ने मेची नदीमा हालै निर्माण गरिएको पक्की पुल सञ्चालनमा आए पनि भारतले आफ्नो भागतिरको ४०० मिटर बाटो नबनाइदिँदा ढुवानीका लागि ट्रक, जिप, ट्र्याक्टरजस्ता साधन प्रयोग गर्न सकिएको छैन । सामान ल्याउनै पर्ने बाध्यताका कारण व्यापारीहरूले पहिल्यैदेखिको राँगागाडी रोज्न बाध्य भएका हुन् ।
“पहिले बाटो थियो पुल थिएन, अहिले पुल बन्यो बाटो छैन,” भद्रपुर नगरपालिका–५ का कपडा व्यापारी सञ्जीव घोषले भन्नुभयो – “गलगलिया भन्सारमा जाँच गराएर राँगागाडीमा सामान नेपाल भित्याउनु पर्दाको सकस हामीलाई मात्र थाहा छ ।
भारतले बाटो बनाइदिए सुविधा हुने थियो ।”
उहाँले एकपटकमा राँगागाडीमा दश पोका कपडा ल्याउने गरेको बताउनुभयो । एकसय पोका गाडीमा एकैपटकमा ल्याउन पाएको भए दुई चार हजार रुपैयाँ भाडामा खर्च गरे पुग्ने उहाँको भनाइ छ । तर, अहिले उहाँलाई दश पोका दश पटकमा राँगागाडीमा ओसार्नु परिरहेको छ । राँगागाडीलाई प्रति पोका रु. १५० तिर्ने गरिएको छ ।
उहाँका अनुसार मेची पुल बने पनि भारतीय सीमा क्षेत्रमा बाटो नहुँदा यस्तो सास्ती खेप्नु परेको हो । उहाँ भद्रपुर भन्सार कार्यालयमा सबैभन्दा बढी राजस्व बुझाउने व्यापारीमध्येमा आफू रहेको दाबी गर्नुहुन्छ ।
नेपालतर्फ सुविधा सम्पन्न पुल र बाटो निर्माण भए पनि भारततर्फ समानस्तरको भन्सार र सडकको सुविधा छैन । गत माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मेची पुलको उद्घाटन गर्नुभएको थियो । पुल बनेपछि भद्रपुर भन्सारबाट व्यापार बढ्ने अपेक्षा गरिएको थियो । तर, भारततिर सडक अधुरै हुँदा व्यापार अपेक्षित रूपमा बढ्न सकेको छैन ।
Leave a Reply