‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
काठमाडौ, १६ चैत । मङ्गलबार तीन घण्टा नबित्दै बजार ५ प्रतिशतले बढेपछि कारोबार स्थगित गरिएको छ । नेप्से ४ महिनापछि पुनः १६ सयको बिन्दुमा आइपुगेको हो ।
बजारमा लगानीको लागि पर्खाईमा रहेकाहरू केही दिनयता नेप्सेमा भएको वृद्धिसँगै हौसिएपछि बजारले नयाँ उचाई भेटेको हो । बैङ्क तथा वित्तीय संस्थामा कर्जा योग्य लगानी सहज हुन थालेको, चुनावी सरगर्मी बढेपछि बजारमा खर्च बढ्ने र केही रकम सेयर बजारमा आउने अपेक्षा, २०७४ भित्रमा बैङ्क तथा वित्तीय संस्थाले चुक्ता पूँजी वृद्धि गरेर राष्ट्र बैङ्कले तोके बराबर पु¥याउनै पर्ने र चैतपछि बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण सार्वजनिक हुन थाल्ने र नेप्सेले ब्रोकरहरूलाई काठमाडौं बाहिर पनि शाखा खोल्न लगाएकोले पनि बजारमा लगानीकर्ताको मनोविज्ञान बढेको हो ।
बैङ्क तथा वित्तीय संस्थाले आगामी असारमा नै प्रस्ताव गर्न सकिने बोनस जोडेर चुक्ता पूँजी पु¥याउन सक्ने सुविधा राष्ट्र बैङ्कले दिएको छ । बजारमा सबैभन्दा धेरै सेयर कारोबार हुनेमा पनि वाणिज्य बैङ्क र बीमा कम्पनीहरू रहेका छन् ।
यता, बुटवल पावरले थप दुई आयोजना निर्माणको लागि एफपीओ (नयाँ सेयर) जारी गर्ने सूचना सार्वजनिक गरेपछि दोस्रो बजारमा पनि कम्पनीको मूल्य १० प्रतिशतसम्म बढेको छ ।
तीन÷चार साता अघि बजार एक वर्षयताकै न्युन बिन्दु १ हजार २ सय ५० मा आइपुग्दा बजारमा प्रवेश गर्न थालेका लगानीकर्ताहरूले एक÷दुई सातामै ३०/४० प्रतिशतसम्म मुनाफा पाउन थालेका थिए ।
बजार एकै दिन ७६ अङ्कले बढेको छ । यसदिन १ सय ४४ कम्पनीको सेयर किनबेच भएर १ अर्ब ३८ करोडको कारोबार भएको छ । बजार खुलेको आधा घण्टा नबित्दै ३ प्रतिशत बढेर पहिलो सर्किट ब्रेक लागेको बजार १५ मिनेट बन्द भएर खुल्दा केही सम्हालिएको थियो । बजारमा दिनानुदिन सेयर आपूर्ति बढ्दा पनि लगानीकर्ताको मनोविज्ञानमा सुधार देखिएपछि बजारले वृद्धिको बाटो समातेको हो ।
बजार ४ प्रतिशत बढेपछि दोस्रोपटक सर्किट ब्रेक लागेको थियो भने त्यसपछि आधार घण्टा कारोबार बन्द भएर सुरु भएको केही समयमै बजार ५ प्रतिशतले बढेर दिनभरको लागि कारोबार रोक्का भएको हो । साविक चार घण्टा कारोबार हुने गरेकोमा तेस्रोपटक सर्किटब्रेक लागेपछि ३ घण्टामा नै बजार बन्द भएको छ ।
मङ्गलबार मात्रै बजारमा ४२ करोड (४२ लाख कित्ता) भन्दा बढि सेयर थपिएका छन् ।
Leave a Reply