ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, १६ चैत ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले क्रान्तिकारी र कम्युनिष्टहरुलाई थ्रेसहोल्डको कानुनी सीमाले कामदार जनताको पक्षमा सङ्घर्ष गर्न कुनै अवरोध नहुने बताउनुभएको छ । बुधबार नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काठमाण्डौं– कैलाली सम्पर्क समितिको आयोजनामा समसामयिक राजनीतिक परिस्थितिबारे भएको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले विचार र सिद्धान्तलाई कुनै कानुनले निषेध गर्न नसक्ने बताउनुभयो ।
राज्यकोषको ब्रम्हलुट गर्ने उद्देश्यले शासक दलहरुले थ्रेसहोल्डको कानुन पारित गरेको चर्चा गर्दै उहाँले भन्नुभयो,‘ तर शासक दलहरुका कर्तुत जनतासमक्ष राख्ने कर्तव्य पूरा गरिरहनेछ ।’
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष नीरज लवजूले पूँजीवादी सत्ताले कामदार जनताको पक्षमा लड्ने पार्टीलाई कानुन बनाएर मात्र नभई सेना र सत्ताशक्ति प्रयोग गरेर समेत दबाउने गरेको बताउनुभयो ।
‘तर पेरिस कम्युनदेखि संसारका कुनै पनि साँचो कम्युनिष्ट आन्दोलन र विचारधारा कहिल्यै सकिएको छैन ।’, उहाँले भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष इश्वर शाहीको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीहरु विनोद शाही, जानकी सिजापति, शारदा प्याकुरेल, अशोेक शाहीलगायतले बोल्नुभएको थियो ।
Leave a Reply