“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
ललितपुर, १ असार । सरकारले बस्ती नै उठाउने गरी ल्याइएका विभिन्न आयोजनाको विरोधमा सङ्घर्षरत बुङ्गमतीका स्थानीय जनताले शनिबार जनजागरण सांस्कृतिक कार्यक्रम गरे । ‘सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक जीवन्त नगरी खोकना बचाऔं’ भन्ने मूल नाराका साथ जनसरोकार समितिको आयोजनामा बुङ्गमतीमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले हराएको पशुपतिको २३१ रोपनी जग्गाको अनुसन्धान गर्न सरकारसमक्ष माग गर्नुभयो । उहाँले गुठीका कर्मचारी र शासक दलका नेताहरूको मिलेमत्तोमा सार्वजनिक गुठीका सयौँ बिगाहा जग्गा हराइसकेको तथ्याङ्ग प्रस्तुत गर्नुभयो ।
सांसद सुवालले पैसा र सामान बाँडेर चुनाव जितेका शासक दलहरूले चुनावको बेला दिएका वचनहरू सत्तामा पुगेपछि पूरा नगरेको र जनतालाई सधँै विश्वासघात गरेको बताउनुभयो ।
सरकारले देशको सन्तुलित विकासमा ध्यान नदिएको कारण उपत्यकाका सहरहरू अत्यन्तै प्रदूषित भएको र जनघनत्व बढ्न गई उत्पादनयोग्य जग्गा जमिन मासिएको उहाँको भनाइ थियो ।
सांसद सुवालले देशमै उत्पादन हुन सम्भव तरकारी रु. २५ अर्बको र फलफूल १५ अर्बको आयात गर्नुपर्दा नेपालको पैसा विदेशिएको भन्दै सिमाना रक्षामा तैनाथ सेनालाई जनताको भावनाविपरीत काम गर्न लगाएर नेपाली जनता र सेनाबीच मतभेद बढाउने कार्य गर्न नहुने धारणा राख्नुभयो ।
जोत्नेलाई जमिन दिनुपर्ने माग राखी नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको स्मरण गराउँदै उहाँले गुठी जग्गा विधेयकमा जग्गा जोत्नेलाई मोहियानी हकको व्यवस्था गर्नुपर्ने र सामन्तवादलाई कम्युनिस्टले समर्थन नगर्ने प्रस्ट धारणा राख्नुभयो ।
उहाँले गुठी सम्पदाको व्यवस्थापन गाउँपालिका र नगरपालिकालाई दिनुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा प्रदेश सांसद राजकाजी महर्जन, ललितपुर जिल्ला समन्वय समिति उप–सभापति दिनेश महर्जन, ललितपुर जिल्ला वडा नं २२ का वडाध्यक्ष अम्मेराज शाक्य, ललितपुर वडा नं २१ का वडाध्यक्ष रवीन्द्र महर्जन, खोकना जनसरोकार समिति अध्यक्ष नेपाल डङ्गोल, समाजसेवी रत्नमान तुलाधर, आदिवासी जनजाति सङ्घका सचिव शङ्गर लिम्बुलगायतले बोल्नुभएको थियो ।
बुङ्गमती जनसरोकार समिति अध्यक्ष अष्ट महर्जनको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा सचिव महेन्द्र महर्जन, प्रा. डा. रामकृष्ण दुवाल, अर्जुनलगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको बीचबीचमा स्थानीय खोकना, बुङ्गमती र भक्तपुरका विभिन्न सांस्कृतिक बाजा गाजा, नृत्य, गीत, झाँकीहरू प्रस्तुत गरिएको थियो ।
Leave a Reply