पुटिनसँग आसियान नेताहरूको शिखर भेटवार्ता
- जेष्ठ १५, २०८३
बुधबार एक वक्तव्य प्रकाशित गर्दै फिलिपिन्स कम्युनिष्ट पार्टीले संरा अमेरिकी साम्राज्यवादविरुद्ध संघर्ष आफ्नो प्रतिबद्धता दोहो¥याएको छ ।
पार्टीको हालै सम्पन्न दोस्रो महाधिवेशनका निर्णयबारे सार्वजनिक गर्दै दक्षिणपूर्व एसियाली देश फिलिपिन्सको कम्युनिष्ट पार्टीले साम्राज्यवादी शक्ति र तिनका स्थानीय मतियारहरुविरुद्धको लडाई जारी राख्ने बताएको छ । संरा अमेरिकी साम्राज्यवादसामू लम्पसार परेको भन्दै फिलिपिनो सरकारको आलोचना गर्दै सशस्त्र पार्टीले ‘पूर्ण विजयको लागि जनयुद्धतिर अघि बढ्ने’ समेत घोषणा गरेको छ ।
सन् १९६८ मा स्थापना भएको फिलिपिन्सको कम्युनिष्ट पार्टी आफ्नो देशमा वैदेशिक हस्तक्षेप उन्मुलन गर्न र समाजवादी कामदार जनताको स्वामित्वमा रहेको अर्थतन्त्र स्थापनाको लागि लडिरहेको छ ।
‘पार्टी कार्यक्रमले संरा अमेरिका र स्थानीय प्रतिक्रियावादी शासक वर्गले गरेको सशस्त्र हिंसाको प्रतिरोध गर्न र उत्पीडनकारी अर्धउपनिवेशवादी र अर्धसामन्ती व्यवस्था अन्त्य गर्न सशस्त्र क्रान्तिको आवश्यकतालाई जोड दिएको छ ।’, कम्युनिष्ट पार्टीले वक्तव्यमा भनेको छ ।
फिलिपिनो कम्युनिष्ट पार्टी र नयाँ जनसेनाले सन् १९६० दशकको उत्तर्राद्धमा दक्षिणपन्थी फिलिपिनो तानाशाह मार्कोसले सत्ताकब्जा गरे पश्चात फिलिपिनो सरकारविरुद्ध लड्दै आएको छ । कट्टर कम्युनिष्टविरोधी मार्कोसले आफ्नो शासनकालमा हजारौं मानवअधिकारकर्मीहरुको हत्या गर्नुका साथै संरा अमेरिकालाई समर्थन ग¥यो । मार्कोसले आफ्नो व्यक्तिगत खातामा खरबौं डलर जम्मा गरेका थिए ।
कम्युनिष्ट विद्रोहीहरुसँग फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुत्रेटले शान्ति वार्ता भंग गरेको दुई महिनापश्चात पार्टीले यस्तो विज्ञप्ति जारी गरेको हो । राष्ट्रपतिको सो निर्णयले २७ वर्ष पूरानो शान्ति वार्ता भंग भएको हो ।
राष्ट्रपतिले फिलिपिन्सको कम्युनिष्ट पार्टीलाई ‘आतंकवादी’ को बिल्ला थोपर्दै कम्युनिष्ट पार्टी र त्यसको सैनिक संगठन नयाँ जनसेनाविरुद्ध लामो लडाई गर्ने घोषणा गरेका थिए ।
‘पार्टीको समृद्ध इतिहासबाट पाठ सिक्दै दोस्रो महाधिवेशनले विश्व पूँजीवादको समाधानहीन र खस्कँदो संकट, संरा अमेरिकी साम्राज्यवादको रणनीतिक स्खलन तथा घरेलु शासक वर्गको दीर्घसंकटको फाइदा उठाएर दीर्घकालीन जनयुद्धलाई पूर्ण विजयको बाटोसम्म दोहो¥याउन प्रष्ट रणनीति तथा कार्यनीतिको विकास गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
फिलिपिनो कम्युनिष्ट पार्टी र नयाँ जनसेनाले सन् १९६० दशकको उत्तर्राद्धमा दक्षिणपन्थी फिलिपिनो तानाशाह मार्कोसले सत्ताकब्जा गरे पश्चात फिलिपिनो सरकारविरुद्ध लड्दै आएको छ । कट्टर कम्युनिष्टविरोधी मार्कोसले आफ्नो शासनकालमा हजारौं मानवअधिकारकर्मीहरुको हत्या गर्नुका साथै संरा अमेरिकालाई समर्थन ग¥यो । मार्कोसले आफ्नो व्यक्तिगत खातामा खरबौं डलर जम्मा गरेका थिए ।
सन् १९८९ मा मार्कोसको निधन भयो । तर कम्युनिष्ट पार्टी र नयाँ जनसेनाले आफ्नो संघर्ष जारी राखेको थियो । तर उनीहरु मार्कोस पछिका सरकारसँग मेलमिलापको छलफलमा बस्न तयार भए । त्यही युद्धविराम केही समयअघिसम्म कायम थियो ।
आज सशस्त्र कम्युनिष्ट लडाकुहरु यथास्थितिविरुद्ध लड्न देशका गरिब र विपन्न किसानहरुलाई संगठित गर्ने काम गरिरहेका छन् ।
‘दोस्रो महाधिवेशनले मार्कोस पछिको नक्कली प्रजातान्त्रिक सत्तालाई इंगित गर्दै त्यो सामाजिक बन्दोबस्तको विरोध गरेको छ । यो व्यवस्थामा मजदुर किसान वर्गको व्यापक जनसमुदायमाथिको शोषण र उत्पीडन कम गरेको छैन । नवउदार शासनअन्तर्गत विगत चार दशकयता फिलिपिनो जनताको जीवनस्तर क्रमशः ओरालो लागेको छ ।’, पार्टीले भनेको छ ।
‘पार्टीको कार्यक्रमले सबै फिलिपिनो कम्युनिष्टहरुलाई ‘नयाँ फिलिपिन्स निर्माणको लागि हुने संघर्षमा आवश्यक पर्दा बलिदान दिन समेत तयार रहन आह्वान गरेको छ । नयाँ फिलिपिन्स पूर्णरुपमा स्वाधीन,प्रजातान्त्रिक, संगठित, न्यायपूर्ण र समृद्ध हुनेछ ।‘ वक्तव्यमा भनिएको छ ।
Leave a Reply