भक्तपुरमा दाफा प्रदर्शनीको उद्घाटन : नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्नु आवश्यक
- जेष्ठ १५, २०८३
संरा अमेरिकाका गोरा कामदार वर्गबीच आफ्नो लोकप्रियता कायम राख्न राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा आतंकवादी हमलाको नाटक मञ्चन गर्न सक्ने विख्यात भाषाशास्त्री तथा राजनीतिक वैज्ञानिक नोम चोमस्कीले आफ्नो पछिल्लो अन्तर्वार्तामा बताएका छन् । उनले ट्रम्पलाई ‘चटके’को संज्ञा दिएका छन् ।
गोरा कामदार वर्गले समयान्तरमा ‘वास्तविकता थाहा पाउनेछ र अधिकांश गाउँका जनताले आफूलाई चुनाव ताका दिइएका आश्वासन बालुवाको घर भएको यथार्थबोध गर्नेछन् । आफूलाई दिइएका सबै आश्वास झुठा भएको उनीहरुलाई थाहा लाग्नेछ ।’
‘आफ्नो लोकप्रियता कायम राख्न ट्रम्प प्रशासनले आफ्नो पक्षमा समर्थन बढाउने अरु कुनै पनि उपाय लगाउन सक्दछ र अहिले चलिरहेको नीतिमाथिको बहसलाई अन्यत्र मोड्न सक्छन् । जसको अर्थ उनले विषयवस्तुलाई अरु कुनै अन्यत्र विषयमा मोड्न सक्छन् ।’, अल्टरनेटका जान फ्रेलले गएको सोमबार लिएको अन्तर्वार्तामा उनले भने ।
‘मलाई लाग्छ देशको गतिलाई गञ्जागोल पार्न सक्ने कुनै आतंकवादी घटना हुन सक्ने सम्भावनालाई नकार्न मिल्दैन ।’, उनले भने ।
ट्रम्पलाई सरकारमा पु¥याउन मतदान गरेका गोरा कामदार वर्गले समयान्तरमा ‘वास्तविकता थाहा पाउनेछ र अधिकांश गाउँका जनताले आफूलाई चुनाव ताका दिइएका आश्वासन बालुवाको घर भएको यथार्थबोध गर्नेछन् । आफूलाई दिइएका सबै आश्वास झुठा भएको उनीहरुलाई थाहा लाग्नेछ ।’
बाराक ओबामाको नीतिभन्दा ट्रम्पको नीतिमा कुनै भिन्नता नभएको बरु हिजोको भन्दा झन् ‘थप हिंसात्मक र आक्रामक’
ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा लागु गरेको रणनीति नै अख्तियार गर्ने विश्लेषण चोमस्कीको छ । जसअनुसार ट्रम्पले आफ्नो सरकारले रोजगार दिने आश्वासन पूरा गर्न नसक्नुको दोष मुसलमान र आप्रवासीहरुलाई लगाएर आफू साखुल्ये हुने प्रयास गर्नेछन् ।
ट्रम्पको विदेशनीतिबारे बोल्दै विख्यात प्राज्ञ चोम्स्कीले यसअघिका राष्ट्रपति बाराक ओबामाको नीतिभन्दा ट्रम्पको नीतिमा कुनै भिन्नता नभएको बरु हिजोको भन्दा झन् ‘थप हिंसात्मक र आक्रामक’ भएको धारणा व्यक्त गरे ।
उनले कसरी ट्रम्पले ड्रोन हमलाको अधिकार फराकिलो बनाएर पेन्टागनलाई त्यसको अधिकार दिए र सिरिया तथा इराकमा थप अमेरिकी सेना परिचालन गरे भन्ने प्रमाणहरु पेश गरे । केही दिनअघिमात्र आएको एक समाचारअनुसार इराकमा संरा अमेरिकी हमलामा परी दुई सयभन्दा बढी सर्वसाधारणको हत्या भएको छ ।
Leave a Reply