अतिक्रमणमा परेको जग्गा पशुपतिनाथको नाउँमा ल्याउनु जरुरी
- असार २९, २०८३
–गोपाल नगरकोटी
नेकपाका नेता भीम रावल बेलाबखत पार्टीको कमजोरी औंल्याउँछन् र सिद्धान्त र विचारअनुसार कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गर्छन् । असार १ गते प्रकाशित नयाँ पत्रिकामा उनले कमी कमजोरी न दोहो¥याउन पार्टीको ध्यानाकर्षण गरे । उनले भने, “कम्युनिस्ट पार्टीको घोषणापत्रमा देशलाई दलाल पुँजीवादबाट मुक्त गर्ने, हामी न्याय र समानताका आधारमा समाजवाद ल्याउँछाँै भने, आज अर्थतन्त्रका तन्तुहरूमा दलाल पुँजीवादकै नाइकेहरूलाई नै हालिमुहाली गर्न दिंदा सिद्धान्तसँग मेल खाँदैन । उनको यो अभिव्यक्तिले नेकपा सिद्धान्त र दर्शनअनुसार अघि नबढेको थाहा हुन्छ । नेकपा समाजवादी गणतन्त्र होइन पुँजीवादी गणतन्त्रको पक्षमा रहेको उनको बुझाइ देखिन्छ ।
कुनै पार्टीले सिद्धान्त र विचारलाई तोडमरोड गर्छ भने नेता तथा कार्यकर्ताले त्यसको विरोध गर्नुपर्छ । समयमै खबरदारी गर्न नसकेकै कारण या खबरदारी गरेर सही पथमा ल्याउने चेष्टा नगरेकै कारण आफूलाई कम्युनिस्ट भनिने सत्तासीन दल पुँजीवादी व्यवस्थामा फसिरहेको हो । गलत कार्यको विरोध एक दुई जना नेताले गरेर पुग्दैन । तर पार्टीभित्रै राउलको खण्डन गर्ने नेता पनि छन् । सुदूरपश्चिम प्रदेश नेकपाका अध्यक्ष कर्णबहादुर थापा राउलको टिप्पणीप्रति असहमति जनाउँदै भन्छन्, “नेताले असन्तुष्टि पोख्दै हिंड्ने होइन, समस्याको समाधान दिने हो, नेकपाका हरेक नेताले प्रश्न उठाउने होइन ।”
सत्तासीन दल कम्युनिष्ट पार्टी होइन पुँजीवादी पार्टी नै हो भनी सोही दलका नेता र अन्य दलका नेताले आलोचना नगरेका भए नेकपाले ‘समाजवादउन्मुख’ शब्द पनि उच्चारण गर्ने छैन । समाजवादी व्यवस्थाको त कुरै उठाउने छैन । एमाले र माओवादी मिलेर नेकपा बनेपछि पनि एमालेले बहुदलीय जनवादको नारा छोडेको छैन । तर, उक्त नारा पूर्व माओवादीलाई पचेको छैन । त्यसैले नेता राउल भन्छन्, “सङ्गठन नै एक नभइसकेको अवस्थामा विगतको सहमतिभन्दा बाहिर जानु पार्टीको हितमा छैन । यसरी नेकपाकै नेताहरू सहमतिभन्दा बाहिर गएर पार्टीको अहितमा लागिरहेको बताउँछन् ।
नेकपा पार्टीको अहितमा लागेको छ । पार्टीको सिद्धान्त र दर्शनअनुसार सरकार अघि बढेको छैन । सरकार समाजवादी बन्दोबस्त त के समाजवादउन्मुख अवधारणा अनुसार पनि अघि बढेको देखिंदैन । सत्तामुखी राजनीतिमा फसिसकेको हुँदा दलको सिद्धान्त र विचार नाउँमात्रको हुनेमा शङ्गा छैन । सुखी नेपाली र समृद्ध नेपालको भजन गाएर सिद्धान्त छोड्ने र सरकारको नेतृत्व गरेर रजाइँ गरिरहने मानसिकताबाहेक सत्तारुढ दलमा देश र जनताको सेवा गर्ने कुनै विश्वासिलो आधार देखिएको छैन ।
Leave a Reply