भर्खरै :

भक्तपुरमा कृषि मेला तथा प्रदर्शनी हुने

भक्तपुर, १८ चैत । भक्तपुरलगायत उपत्यकाका किसानलाई एउटै ठाउँबाट सेवा पु¥याउने उद्देश्यले जिल्ला कृषि सहकारी संस्था लिले दोस्रो ‘कृषि मेला तथा प्रदर्शनी २०७३’ को आयोजना गर्ने भएको छ ।
बिहीबार यहाँ संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा चैत १९ र २० गते हुने मेलाबारे जानकारी दिँदै संस्थाका अध्यक्ष उत्तम सापकोटाले किसानलाई कृषि उत्पादन, मल, प्रविधि, रोग, माटो परीक्षण लगायतका बारेमा जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागेको बताउनुभयो ।
साठिऔँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गर्न लागेको मेलामा संस्थासँग आबद्ध किसान, व्यावसायिक कृषि फार्म, अगुवा किसान, कृषि कम्पनीबाट उत्पादित कृषि उपज, कृषि प्रविधि, कृषि औजार, कृषि ऋण, कृषि बिमा, कृषिसम्बन्धी परामर्श, च्याउ तथा आलुका परिकारसहितका ४५ भन्दा बढी स्टल मेलामा राखिने उहाँले जानकारी दिनुभयो ।
मेलाका संयोजक शनिस लागेजुले आगामी शनिबार र आइतबार सञ्चालन हुने मेलामा सहकारीकर्मी, किसान, व्यापारी, व्यवसायी र सर्वसाधारण गरी करिब ३५ हजारभन्दा बढीले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको बताउनुभयो ।
मेलाका लागि करिब रु एक लाख ६० हजार खर्च अनुमान गरिएको जानकारी दिँदै उहाँले मेला कृषिबारे जान्न चाहने जो कोहीका लागि उपलब्धिमूलक हुने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *