भर्खरै :

चुनाव चिह्नबारे प्रमलाई ज्ञापन

काठमाडौँ, १७ चैत । चुनाव चिह्नका विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साना दलले आज संयुक्त ज्ञापन बुझाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसहित विभिन्न साना दलले ज्ञापन बुझाएका हुन् । ज्ञापनपत्रमा संसद्मा रहेका दलले मात्र देशभर एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न पाउने ऐनको प्रावधान हटाई आयोगमा दर्ता भएका सबै दललाई देशभर एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने व्यवस्था गर्न माग गरिएको छ ।
प्रधानमन्त्रीले ऐनमा भएको व्यवस्था परिवर्तन गर्न संसद्मा बहुमत चाहिने र त्यसका लागि प्रमुख राजनीतिक दलबीच समझदारी हुनुपर्ने भएकाले आफूले तुरुन्तै नेपाली काँग्रेस, नेकपा(एमाले)सहितका दलसँग छलफल गर्ने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *