म भैल खः हुँ
- बैशाख ४, २०८३
रवीन्द्र फोजु
चीन र संरा अमेरिकाबीच चल्दै आएको व्यापार युद्ध फरक दिशातर्फ उन्मुख हुँदै गइरहेको छ । व्यापार युद्धको केन्द्रबिन्दु चिनियाँ दूरसञ्चार कम्पनी हुवावे र पाँचौँ पुस्ताको ताररहित मोबाइल प्रविधि (5G) बनेको छ । संरा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचन चुनाव प्रचार अभियानको क्रममा चीनले अमेरिकालाई बलात्कार गर्ने कार्य रोक्नुपर्ने र बलात्कार गर्ने प्रत्येकसँग आफू निर्वाचित भए बदला लिने अमेरिकी जनतालाई वाचा गरेका थिए । ट्रम्पले आफू राष्ट्रपति पदमा निर्वाचित भएलगत्तै निकै उग्ररूपमा चीनविरुद्ध लक्षित गतिविधि र योजना अघि बढाउँदै गए । सुरुका दिनमा अमेरिका दुई देशबीचको व्यापार असन्तुलनको समाधानको खोजीमा र आफ्नो बौद्धिक सम्पतिको अधिकारलाई आफू अनुकूल रक्षा गर्न अग्रसर देखिन्थ्यो । घटनाक्रमले अमेरिकी राष्ट्रपति र उसको प्रशासनको प्रहारको केन्द्र हुवावे बन्दै छ । हुवावेलाई क्षति पु¥याउने र उसलाई उच्च प्रविधि उद्योगको नेतृत्व गर्नबाट रोक्न खोजेको व्यवहारले देखाएको छ । अतः व्यापार युद्ध प्रविधि युद्धतर्फ उन्मुख बन्दै गयो ।
सन् २०१९ मे १६ तारिखका दिन संरा अमेरिकी राष्ट्रपति ट्रम्पले हुवावेलगायत अन्य चिनियाँ कम्पनीहरूप्रति लक्षित सूचना प्रविधि खतराका सम्बन्धमा राष्ट्रिय सङ्कटकाल घोषणा गरे । ट्रम्पले आफ्नो देशको राष्ट्रिय सुरक्षा र प्रविधिलाई जोखिम पु¥याउन सक्ने विदेशी दूर सञ्चार कम्पनीहरूबाट उत्पादित उपकरण अमेरिकी कम्पनीले प्रयोग र खरिद गर्न बन्देज लगाए । आगामी दिनमा अमेरिकी कम्पनीहरूले हुवावेलाई आफ्नो सामान बिक्री वितरण गर्न र प्रविधि हस्तान्तरण गर्न अमेरिकी वाणिज्य मन्त्रालयअन्तर्गतको उद्योग तथा सुरक्षा विभाग (Bureau of Industry and Security) मार्फत लाइसेन्स प्राप्त गर्नुपर्ने बन्दोबस्त गरे ।
ह्वाइट हाउसका पूर्वमुख्य रणनीतिकार स्टेभेन बेन्नन (Steven Bannon) को साउथ चाइना मर्निङ्ग पोष्ट (SCMP) सँग टेलिफोन वार्तामा अमेरिका र युरोपबाट हुवावेलाई निष्प्रभाव पार्नु चीनसँगको व्यापार सम्झौताभन्दा दस गुणा बढी महत्वपूर्ण रहेको धारणा र हुवावे आफ्नो देशको राष्ट्रिय सुरक्षा र सैन्य क्षेत्रका लागि अत्यन्त खतरनाक रहेको ट्रम्पको भनाइले अमेरिका हुवावेको प्रभाव र पँहुचलाई सङ्कुचन गर्न चाहेको प्रस्ट हुन्छ ।
अमेरिकी सरकारले हुवावेलाई कालोसूचीमा समावेश गरेपश्चात् गुगल हुवावेसँगको व्यापार सीमित गर्ने रणनीतिमा छ । गुगलले मध्य अगष्टदेखि हुवावेलाई आफ्नो महत्वपूर्ण एन्डोइड सफ्टवेरहरू प्रयोग गर्न नदिने घोषणा गरेको छ । फेसबुकले पनि हुवावेका नयाँ फोनहरूमा आफ्ना एप् (App) फोन उत्पादन गर्दा राख्ने बन्दोबस्त अन्त्य गर्न लागेको बताइन्छ । त्यसैगरी अमेरिकाले CCTV लगायत निगरानी उपकरणको नेतृत्व प्रदायक Hikvision कम्पनी र चीनमा निमित ड्रोन (Drone) हरूले अमेरिकाको गोप्य सूचना सङ्कलन गर्ने गरेको आधारहीन आरोप लगाई त्यसको बिक्री वितरणमा रोक लगाएको छ ।
अमेरिकाले हुवावेलाई कालोसूचीमा सूचिकृत गरेको समाचार बाहिरएदेखि चीनमा अमेरिकाविरोधी भावनाले उग्र रुप लिन थालेको छ । विशेषतः चिनियाँ युवा पुस्ताले सामाजिक सञ्जालमार्फत अमेरिकाप्रति आफ्नो घृणा व्यक्त गर्दै ‘Support Huawei’ and hang in there (हुवावेलाई समर्थन गरौँ र चुनौतीपूर्ण परिस्थितिसँग सामना गर्न प्रोत्साहित गरौँ) भनाइ फैलिँदो छ । अमेरिकाको कदमले हुवावेलाई क्षति पु¥याएको भन्दै हुवावेको समर्थनमा हुवावेको कार्यालयअगाडि सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले जुलुस गरेका छन् । वाइबो (Weibo) (ट्विटरजस्तो चीनको सामाजिक सञ्जाल) मा ‘Huawei chip doesn’t need to rely on U.S supply chain’ अर्थात् हुवावेका चिप्स अमेरिकाको आपूर्ति श्रृङ्खलामा निर्भर हुन आवश्यक नभएको जस्ता ह्यासट्याग (Hashtag) पाँच करोडभन्दा बढी प्रयोगकर्ताले हेरेको CNBC News ले May 21, 2019 मा प्रकाशित ग¥यो । चीनमा तिमीले हुवावेलाई रोक्न खोज्यौ भने हामी एप्पल रोक्छौँ भन्ने जस्ता एप्पलविरोधी अभिव्यक्तिहरू व्यापक फैलियो । गोल्डम्यान स्याक्स (अमेरिकाको बहुदेशीय इन्भेस्टमेन्ट बैङ्क) ग्रुपको अध्ययनअनुसार चीनमा एप्पल कम्पनीका उत्पादित सामानहरू बिक्री वितरणमा प्रतिबन्धित भए उसको आम्दानी तीस प्रतिशतले कम हुने छ ।
प्रविधि युद्धले हुवावेसँग सँगै मुख्यतया अमेरिकाका एप्पल, इन्टेल (Intel) र क्वालकम (Qualcom) लगायतका प्रविधि कम्पनीहरूको व्यापार र आम्दानीमा ठूलो क्षति पुग्ने छ । Factset and S&P Dow Jones Indices को तथ्याङ्कअनुसार सन् २०१७ एप्पलको व्यापार अमेरिकाबाहेकका देशमा ५८ प्रतिशत रहेको र हालको त्रैमासिक आम्दानीमा करिब १५ प्रतिशतले कमी आएको बताइन्छ । अघिल्लो वर्षभन्दा विश्वव्यापी यो वर्षको पहिलो त्रैमासिकमा आइफोनको ढुवानी ३० प्रतिशतले घटेको छ । त्यसैगरी इन्टेल (Intel) ले आफ्नो कुल राजस्वको असी प्रतिशत देश बाहिरबाट प्राप्त गर्ने गरेको र हाल उसको कुल नाफा १५ प्रतिशतले कमी भएको समाचार प्रकाशित भएको छ ।
अमेरिकी चिप्स कम्पनी क्वालकम (Qualcom ले चीनबाट मात्र चिप्स
(मोबाइल फोन, कम्प्युटरको मर्डरबोर्डका लागि आवश्यक इलेक्ट्रोनिक्स सर्किस) बिक्री वितरण र पेटेन्टबाट कुल आम्दानीको ५७ प्रतिशत राजस्व सङ्कलन गर्छ भने इन्टेलले २३.७ प्रतिशत गर्ने गर्दछ ।
इभरकोर (Evercore) का वरिष्ठ अनुसन्धान विश्लेषक सी जे मुस (C.J. muse) को भनाइलाई आधार मान्ने हो भने हुवावे कालोसूचीमा सूचिकृत हुँदा अमेरिकी चिप्स निर्माता कम्पनीहरूले १० औँ अरब अमेरिकी डलर बराबरको घाटा सहनुपर्ने छ । परिणामस्वरुप चिप्स निर्माता कम्पनीहरूले अन्य देशका सेमिकन्डक्टर (Semiconductor) निर्माण कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्षम हुने छैन र अन्ततः त्यसले राष्ट्रिय सुरक्षामा जटिलता थप्ने छ ।
अमेरिकाको चिनियाँ प्रविधि कम्पनीहरू विरुद्धको प्रहार चीनको घरेलु चिप्स उद्योग विकासका लागि चाँदीको घेरा सावित हुनसक्छ । तथ्याङ्कले के देखाउँछ भने विश्वव्यापी चिप्सको मागको पचास प्रतिशतभन्दा बढी चिप्स चीन एक्लैले माग गर्ने गर्दछ । जसको लागि चीनले करिब तीनसय अरब अमेरिकी डलर खर्च गर्ने गरेको छ । जुन उसले तेल आयात गर्न खर्चिनेभन्दा बढ्ता हो । हाल चीनले आफूले प्रयोग गर्दै आएको सेमिकन्डक्टर (Semiconductor) को जम्मा १६ प्रतिशतमात्र चीनमा निर्मित हुने र त्यसको आधा अर्थात् आठ प्रतिशत चिनियाँ कम्पनीले निर्माण गर्ने गर्दछ । चीनले चीन निर्माण २०२५ (Made in China- 2025) योजनामा सेमिकन्डक्टर उत्पादनलाई पनि प्रमुख क्षेत्रको रूपमा सूचिकृत गरेको छ । जसअनुसार चीनले आफूले प्रयोग गर्दै आएको कुल सेमिकन्डक्टरको सन् २०२० सम्ममा ४० प्रतिशत र २०२५ भित्रमा ७० प्रतिशत उत्पादन गर्ने लक्ष्य लिएको छ ।
हुवावेलगायतका चिनियाँ कम्पनीहरूमाथिको अमेरिकी बन्देजले डिजिटल प्रविधिलाई दुई धु्रवमा विभाजित गर्ने र त्यसले अन्तरनिर्भर खुला विश्व अर्थतन्त्रलाई कमजोर बनाउन सक्ने चिन्ता विषय विज्ञहरूले व्यक्त गर्दै आएका छन् । विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्ध न अमेरिका न त चीनका लागि नै हुने छ । बरु त्यसले विश्वलाई आर्थिक मन्दीतर्फ लैजाने निश्चित छ ।
चीनले व्यापार युद्ध कसैका निम्ति फाइदाजनक नभएको र त्यसको तत्काल निरुपण गर्नुपर्ने भनिरहँदा अमेरिका चीनलाई व्यापार युद्धमा हराइछाड्ने हठबाट प्रेरित छ । बरु उल्टै थप तीनसय अरब अमेरिकी डलर बराबरको सामानमा कर अभिवृद्धि गर्ने चेतावनी दिँदै छ ।
अमेरिका आफूविरुद्ध अझ उग्ररूपमा उभिए प्रत्याक्रमण गर्ने चीनको रणनीतिक विकल्प हुने चेतावनी दिँदै छ । चीनले अमेरिकाविरुद्ध प्रत्याक्रमणका लागि दुर्लभ पृथ्वी तत्व (Rare Earth element) कार्ड प्रयोग गर्ने सम्भावना छ । हुवावेलाई कालोसूचीमा राखेपछि चिनियाँ राष्ट्रपतिको जीयाङ्गसी (Jiangxi) प्रान्तमा रहेको दुर्लभ पृथ्वी तत्वको खानी र प्रशोधन केन्द्रमा भ्रमण त्यसको सङ्केत हुनसक्छ । चीनले अमेरिका निर्यात गर्दै आएको दुर्लभ पृथ्वी खनिजहरूको निर्यात बन्द गर्नसक्छ । १७ खनिजको समूहको दुर्लभ पृथ्वी तत्व आइफोनको लागि रिचार्ज गर्न मिल्ने ब्याट्री, विद्युतीय गाडी, सैन्य, हातहतियार, कम्प्युटर लेजर, फाइबर अप्टिकस उत्पादनका लागि महत्वपूर्ण मानिन्छ । चीन दुर्लभ पृथ्वी, खनिजहरूको भण्डारण र संरक्षणका हिसाबले विश्वको सबभन्दा ठूलो (३३ प्रतिशतभन्दा बढी) शक्ति हो । विश्वको मुख्य दुर्लभ पृथ्वी खनिजको उत्पादक र प्रशोधनकर्ता चीन रहेको र अमेरिकासँग एक प्रतिशतको हाराहारीमा दुर्लभ पृथ्वी खनिज रहेको बताइन्छ । तर, वाल स्टिे«टका । विज्ञहरूका अनुसार दुर्लभ पृथ्वी कार्डले व्यापार वार्ताको गेम चेन्जरको भूमिका निर्वाह गर्न पर्याप्त नरहेको बताउँछन् ।
हुवावेले दूरसञ्चार, नेटवर्किङ्ग र उच्च प्रविधि आविष्कारको क्षेत्रमा संसारभर ५६,४९२ पेटेन्ट दर्ता गराएको छ । आर्थिक युद्धका प्रतिरोधका लागि हुवावेले पेटेन्टलाई हतियार बनाउन खोजेको देखिन्छ । पछिल्लो क्रममा हुवावे कम्पनीले अमेरिकाको सञ्चार कम्पनी भेरिजोन (Verizon) सँग आफ्नो २३० पेटेन्ट प्रयोग गरेबापत लाइसेन्स शुल्कस्वरूप एकमुष्ठ एक अरब अमेरिकी डलर तिर्नको निम्ति माग गरेको छ । वासिङ्गटनस्थित पेटेन्ट अधिवक्ता पिटर टोरेन (Peter Toren) अमेरिकी कम्पनी Verizon सँग हुवावेले रोयलिटीको माग गर्नु भू–राजनैतिक लडाइँको सिलसिला ठान्छन् ।
हुवावे कम्पनीले Google र Microsoft ले आफूले उत्पादन गर्ने उपकरणका लागि आवश्यक अपरेटिङ्ग सिस्टम (Operating System), एन्ड्रोडड सफ्टवेरहरू,, उपलब्ध नगराए आफूलाई आवश्यक अपरेटिङ्ग सिस्टम आफै निर्माण गर्ने बताउँदै आएको छ । गुगलका अधिकारीहरू अमेरिकी बन्देजका कारण हुवावे आफ्नै संस्करणको एन्ड्रोडड विकास गर्न बाध्य हुने र हाइब्रीड संस्करण (Hybrid Version) चिनियाँ कम्पनीहरूलाई कालोसूचीमा राखेपछि संसारभर नै स्मार्टफोन बिक्री वितरणमा ४० प्रतिशतले ¥हास आएको हुवावेका सिइओ रेन जेड.फिङले CGTN को अन्तर्वार्ताको क्रममा बताएका छन् । प्रविधि व्यापार द्वन्द्वको रणभूमिमा परिणत हुँदै गएको छ । चीन र अमेरिका पाँचौँ पुस्ताको प्रविधि र कृत्तिम बौद्धिकताको क्षेत्रमा आफ्नो प्रभुत्व कायम गर्न खोजिरहेका छन् । हालको व्यापार युद्ध बढाउन चीनको उदय र उसको उच्च प्रविधिको विकास अमेरिकाका लागि चुनौती मान्ने अमेरिकी प्रशासनको भय बढी जिम्मेवार छ । अमेरिका कुनै पनि हालतमा डिजिटल विश्वमा आफ्नो प्रभुत्व गुमाउन चाहँदैन । वासिङ्गटन पोष्टमा प्रकाशित फारिड ज्याकारिन (Fareed Zakarin) को आलेखमा ज्याकारिन १ अरब ४० करोड जनसङ्ख्या भएको विश्वकै उत्कृष्ट प्रविधि कम्पनीहरूको गतिशील देश चीनको आर्थिक विकास र अन्वेषण रोक्न वासिङ्गटनका लागि अधिक कठिन कार्य भएको बताउँछन् । प्रविधि युद्धले दुई देशलाई शीतयुद्धतर्फ नभई शीत (चिसो) शान्ति (Cold peace) तर्फ अगाडि बढाउने छ । जसले विश्वलाई विभाजित गर्ने र कम समृद्धि विश्वतर्फ धकेल्ने छ ।
लेखक ः इन्जिनियर समाज नेपालका अध्यक्ष
Leave a Reply