भर्खरै :

उपत्यकाव्यापी बास्केटबलको उपाधि ग्रामर पब्लिकलाई

भक्तपुर, ७ असार । पाँचौँ एभरेष्ट उपत्यकाव्यापी आमन्त्रण बास्केट बल प्रतियोगिताको सिनियर ब्वाइजतर्फको उपाधि ग्रामर पब्लिक सेकेण्डरी स्कूल काठमाडौँको पोल्टामा परेको छ । एभरेष्ट इङ्गलिश स्कूल भक्तपुरको आयोजनामा बिहीबारदेखि सुरु भई शुक्रबार सम्पन्न भएको प्रतियोगिताको सिनियर ब्वाइजतर्फको उपाधिमा हिमालय इङ्गलिश बोर्डिङ्ग स्कूल काठमाडौँ द्वितीय भए ।
प्रतियोगिताको जुनियर ब्याइजतर्फको उपाधि ज्ञान निकेटन इगलिश सेकेन्डरी काठमाडौँले हात पारेको छ । प्रतियोगितामा द्वितीय स्थान हिमालय इङ्गलिश बोर्डिङ्ग स्कूल काठमाडौँले सुरक्षित पारे । प्रतियोगिताको गल्र्सतर्फको उपाधि इनोभेटिभ इङ्गलिश स्कूलले हात पारे । द्वितीय स्थान चन्द्रविन्दु इन्टरनेसनल स्कूल काठमाडौंले सुरक्षित पारे ।
प्रतियोगितामा जुनियर ब्वाइजतर्फको फेयर प्लेमा न्यु भिजन एकेडमी काठमाडौँ र गल्र्सतर्फ चाणक्य हायर सेकेण्डरी स्कूल भक्तपुरले प्राप्त गरे । प्रतियोगितामा सिनियर ब्वाइजतर्फको फेयर प्लेमा न्यातापोल इगलिश स्कूल भक्तपुर घोषित भयो ।
प्रतियोगिताको मस्त भ्यालुयवर्सको सिनियर ब्वाइजतर्फको उपाधि ज्ञान निकेतन स्कुलका जेभी सरु र गल्र्सतर्फ इनोभेटिभ स्कूल काठमाडौँकी सोभ्या महर्जन घोषित भइन् । सिनियर ब्वाइजतर्फ भने ग्रामर पव्लिक स्कूलका आर्यन मल्ला घोषित भए ।
प्रतियोगिताका विजयी स्कूल तथा विद्यार्थीलाई भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो । त्यस अवसरमा उनले भक्तपुर नगरपालिकाले खेलकुदको विकासका लागि विभिन्न खेलकुद तालिमहरूको सञ्चालन प्रतियोगिताहरू गरिरहेको र वर्षमा एकपटक उत्कृष्ट खेलाडीहरूलाई सम्मान गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष प्रेमगोपाल कर्माचार्य, एभरेष्ट इङ्गलिश स्कूल मिवाछें व्यासी भक्तपुरको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य र विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीलगायतले खेलकुदको महत्वबारे चर्चा गर्नुभयो । प्रतियोगितामा काठमाडौँ उपत्यकाका १९ वटा स्कूलहरू सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *