सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा
- कार्तिक २४, २०८२
बैङ्कक, २५ असार । थाइल्यान्डले सोमबार आसियान सम्मेलनमा आफ्नो देशलाई विद्युत्त् उत्पादनको केन्द्र बनाउने लक्ष्य घोषणा गरेको छ ।
ऊर्जासम्बन्धी अधिकारीहरूको ३७ औं बैठकमा थाइल्यान्डका ऊर्जा मन्त्री कुलिस सोमबात्सिरीले थाइल्यान्डलाई विद्युत्त् ऊर्जाको केन्द्र बनाउन प्रसारण लाइनको विकास गर्ने योजना बनाइरहेको बताउनुभयो ।
उहाँले लाओसबाट विद्युत्त ल्याएर मलेसिया, कम्बोडिया र म्यानमारमा विद्युत्त निकासी गर्ने लक्ष्य रहेको बताउनुभयो ।
‘साझेदारी र अनुसन्धानमार्फत ऊर्जा प्रशारणको विकास’ भन्ने अवधारणाअन्तर्गत आयोजित ३७ औं ऊर्जा बैठकमा आसियानसम्बद्ध १० देशहरू र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी तथा नवीकरणीय ऊर्जा एजेन्सी सहभागी छन् ।
थाई विदेशमन्त्रीले आसियान देशका ऊर्जामन्त्रीहरूसँग छलफल गरी आसियान क्षेत्रमा सुपथ मूल्यमा विद्युत् बेच्ने सहमति भएको जानकारी दिनुभयो ।
“आसियानका जनतालाई सुपथ मूल्यमा विद्युत् आपूर्ति गर्न हामीले आधुनिक प्रशारण लाइन जडान गर्ने भएका छौँ”, कुलिसले भन्नुभयो ।
साथै सौर्य, वायु र जैविक ऊर्जाजस्ता नवीकरणीय ऊर्जाका स्रोतबारे पनि तयारी भइरहेको उहाँले बताउनुभयो ।
आसियान क्षेत्रमा बढ्दो प्राकृतिक ग्यासको मागलाई ध्यानमा राखी आसियान देशहरूबीच त्यसको भण्डार गृह र आपूर्ति पाइपलाइन सञ्जाल बनाउने सहमति भएको उहाँले जानकारी दिनुभयो । सन् २०३५ सम्ममा आसियान क्षेत्रमा ६ करोड टन प्राकृतिक ग्यासको खाँचो पर्ने उहाँले बताउनुभयो ।
ऊर्जा अधिकारीहरूको बैठकमा उठेका विषयबारे थप छलफल आगामी सेप्टेम्बर २–३ सम्म मन्त्रीस्तरीय बैठकमा टुङ्गो लगाइने बताइएको छ ।
Leave a Reply