भर्खरै :

चन्द्रागिरी नपामा आत्मारक्षा तालिम

काठमाण्डौ, १३ असार ।
महिला सशक्तिकरण उपभोक्ता समिति, चन्द्रागिरी नगरपालिका वडा नं. १५ तीनथाना, काठमाण्डौको आयोजनामा स्थानीय विद्यालयका विद्यार्थी एवं शिक्षिकाहरु लगायत न्यू डाइमण्ड स्कूलका महिला भलिबल खेलाडीहरुलाई आत्मरक्षा गर्ने कलासम्बन्धी २ दिने चेतनामुलक प्रशिक्षण तथा टेक्निकल तालिम सम्पन्न भएको छ ।
दिनप्रतिदिन बढ्दै गइरहेको महिला हिंसा र बलात्कारबाट बच्न बालबालिका, किशोरी र वृद्धा मात्र होइन खेलाडीहरुले पनि सही रुपमा आत्मरक्षा गर्ने, यसबारे ज्ञान र सीप सिक्नु समयको माग बनेकोले आत्मरक्षा प्रशिक्षण तथा टेक्निकल तालिमले सामाजिक अपराधीलाई निरुत्साही तुल्याउने कुरा महिला सशक्तिकरण उपभोक्ता समिति, चन्द्रागिरी नपाका अध्यक्ष सुनकेसरी मालीले बताउनुभयो
तालिममा न्यू डाइमण्ड स्कूलका महिला भलिबल टिमका खेलाडीहरु, स्थानीय विष्णुदेवी माविका विद्यार्थी तथा शिक्षक, समाजसेवीको उपस्थिति रह्यो । चेतनामुलक आत्मरक्षा प्रशिक्षण तथा टेक्निकल तालिम प्रमुख प्रशिक्षक तथा सामाजिक अभियन्ता पद्मा खयरगोलीले खेलाडी, विद्यार्थी तथा महिला आफैं समयमै सचेत, सबल, सक्षम हुन प्रशिक्षणले आत्मबल बढ्ने बताउनु भयो ।
करिब ६० जनाको सहभागिता भएको सो कार्यक्रममा आत्मरक्षा सम्बन्धी प्रस्तुतिकरण, शारिरीक व्यायाम र टेक्निकल तालिम २ दिनै दिइएको थियो । तालिमको सम्पन्न भएपश्चात न्यू डाइमण्ड महिला भलिबल टिमका राष्ट्रिय खेलाडी प्रतिभा मालीले यस तालिमबारे अनविज्ञ भएको र यसले खेलाडीमा समेत आत्मबल बढेको आत्मरक्षा टेक्निक समय सान्र्दभिक भएको कुरा बताउनु भयो ।
प्रशिक्षण प्रमुख प्रशिक्षक पद्मा खयरगोली(श्रेष्ठ) का साथमा प्रशिक्षक रविन्द्र श्रेष्ठ, रोजिना लोहला, जयन्ती श्रेष्ठले सयुक्त रुपमा टेक्निकल तालिम दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *