मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
– काशीराम शर्मा
बाँके, १३ असार । बाँकेमा ठूला उद्योग खुल्ने क्रम बढे पनि स्थानीयवासीले रोजगारी भने पाउन सकेका छैनन् । अधिकांश उद्योगमा भारतीय कामदार कार्यरत छन् । उद्योग विभागको तथ्याङ्कअनुसार विसं २०४६ यता बाँकेमा ८८ ठूला उद्योग दर्ता भए । तर, ती उद्योगमा भारतीय कामदारकै बाहुल्य रह्यो ।
सञ्चालन भइरहेका अधिकांश उद्योग १० वर्षे सशस्त्र द्वन्द्वका कारण दयनीय बनेका थिए । विसं २०६२÷६३ पछिको राजनीतिक परिवर्तनसँगै जिल्लामा पुनः एकपछि अर्को ठूला उद्योग सञ्चालन हुने क्रम बढेको छ । एकपछि अर्को ठूला उद्योग खुल्दा यहाँका स्थानीयवासीमा उत्साह देखिएन । कारण, स्थानीयवासीले स्थापना भएका उद्योगमा रोजगार पाउन नसक्नु नै हो ।
बाँकेमा सबैभन्दा धेरै उद्योग सञ्चालनमा रहेको जानकी गाउँपालिका–५ का अध्यक्ष सुरेश यादवले भन्नुभयो, “हाम्रो वडामा दर्जनौँ उद्योग सञ्चालनमा छन् । तर पनि स्थानीयवासीले रोजगारी पाउन सकेका छैनन्, धुलो, धुवाँ र प्रदूषणमात्र पाएका छन् ।”
बाँकेमा सिमेन्ट उद्योग, छड, प्लाष्टिक, फलामजस्ता सामग्री उत्पादन गर्ने ठूला उद्योग सञ्चालनमा छन् । ती उद्योगमा अधिकांश कामदार भारतीय छन् । बाँकेमा भारतीय कामदार कति छन् भन्ने यकिन तथ्याङ्क नै छैन । श्रम स्वीकृति लिन नपर्ने र श्रम अडिटको दायरामा आउन नसकेका कारण उनीहरूको तथ्याङ्क यकिन हुँदैन ।
सीमावर्ती भारतीय गाउँका मजदुर त बिहान साइकलमा आएर साँझ घर फर्किहाल्छन् । स्वदेशमा रोजगारी नपाएको भन्दै लाखौँ नेपाली विदेश गइरहेका बेला नेपालमा भने यसरी भारतीय कामदार भरिभराउ भएका छन् । मजदुर नेताले स्वदेशी कामदार राख्नुपर्ने आवाज उठाउँदै आए पनि उद्योगीले त्यसको बेवास्ता गर्ने गरेका छन् ।
उद्योगीका आफ्नै समस्या
उद्योग सञ्चालकहरू भने बाध्यताका कारण स्थानीयवासीलाई रोजगारी दिन नसकेको बताउँछन् । उद्योगी चम्पालाल बोथ्रा भन्नुहुन्छ, “सकेसम्म आफ्नै नेपाली दाजुभाइलाई काममा लगाउन पाए हुन्थ्यो भन्ने हुन्छ । तर प्राविधिक सीपयुक्त जनशक्ति नभएकोले बाहिरबाट काममा ल्याउनुपर्ने बाध्यता छ ।”
भारतीय कामदार राख्नुमा नेपालीमा सीप नभएको मात्र कारण भने होइन । भारतीय कामदार सङ्गठित भई आन्दोलन गर्न नसक्ने भएकोले पनि उद्योगले उनीहरूलाई रुचाउने गरेका छन् । सिमेन्ट, छडजस्ता उत्पादनमूलक उद्योग नेपालीका लागि नयाँ भएको र त्यसमा काम गर्न अभ्यास नभएकोले सुरुसुरुमा भारतीय कामदार राख्नुपर्ने बाध्यता रहेको उद्योगीहरूको भनाइ छ । विस्तारै सिक्दै जाँदा स्वदेशी कामदारको सङ्ख्या बढाउँदै लैजाने उद्योगहरूले बताएका छन् ।
Leave a Reply