जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
काठमाडौँ, १६ असार । भक्तपुर क्यान्सर अस्पतालका सरसफाइ मजदुरहरूले आफूमाथि श्रम शोषण हुने गरेको गुनासो गरेका छन् । वार्षिक हजाराँै बिरामीको उपचार गर्न आउने अस्पतालमा विगत चार वर्षयता भरोसा सर्भिसेज प्रालिमार्फत सफाइ कर्मचारी नियुक्ति गरिँदै आएको छ ।
अस्पतालमा सफाइ मजदुर नियुक्ति गर्न प्रत्येक वर्ष नयाँकम्पनी छनोट गर्नुपर्ने भए पनि विगत चार वर्षयता एउटै कम्पनीले सफाइ कर्मचारी नियुक्ति गरेर लामो समयदेखि उनीहरूको श्रम शोषण गरिरहेको पीडितहरूले बताएका छन् ।
स्रोतका अनुसार भरोसाले एक तहका सफाइ कर्मचारीको तलब अस्पतालबाट प्रतिव्यक्ति २६ हजार लिने गर्छ । तर, सफाइ कर्मचारीलाई भने रु. १३ हजार ५ सयमात्रै दिने गरेको छ ।
भरोसामार्फत अस्पतालमा धेरै सफाइ कर्मचारी कार्यरत छन् । सफाइ मजदुरहरुमाथि भइरहेको श्रम शोषणसम्बन्धी समाचार ठीक या गलत अस्पतालले जानकारी दिएर सबैलाई सुसूचित पार्न आवश्यक छ ।
स्रोत ःरातोपाटी
Leave a Reply