मुखौटाभित्रको राजनीति
- फाल्गुन १, २०८२
काठमाडौँ, २० चैत । कथाकार धनमान श्रेष्ठलाई यस वर्षको मैनाली कथा सम्मानबाट सम्मान गरिएको छ ।
साहित्यिक पत्रकार सङ्घले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा श्रेष्ठका साथै कवि सन्ध्या पहाडी, शेखर ढुंगेललाई नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति विष्णविभु घिमिरेले व्यथित काव्य सम्मान प्रदान गर्नुभयो ।
सो अवसरमा घिमिरेले देशको विकासका लागि साहित्यको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । सम्मानित व्यक्ति श्रेष्ठ, भारतबाट आउनुभएका साहित्यकार मणि उपाध्याय, समालोचक लक्ष्मणप्रसाद गौतम, साहित्यकार नरेन्द्रराज पौडेल, माया थकरीलगायतका वक्ताले साहित्यबाट समाजलाई परिवर्तन गर्न सकिने बताउनुभयो ।
सो अवसरमा भारतबाट आउनुभएका १२ साहित्यकारलाई सम्मान गरिएको थियो र विभिन्न १२ साहित्यकारले लघुकथा वाचन गर्नुभएको थियो । रासस
Leave a Reply