भर्खरै :

बलियो प्रतिपक्षले बलियो प्रजातन्त्र

काठमाण्डौ, २० चैत । शनिबारबाट शुरु भएको नेपाल मजदुर किसान पार्टीको २६ औं केन्द्रीय परिषद् आइतबार पनि चालु रहयो । परिषद्मा देशहितविपरीतको संविधान संशोधन प्रस्ताव तथा थ्रेसहोल्डको अप्रजातान्त्रिक बन्दोबस्तविरुद्ध भइरहेका संघर्षका गतिविधिबारे पार्टीका जिल्ला समितिहरु, जनवर्गीय संगठन र पेशागत संगठनहरु एवं केन्द्रीय सदस्यहरुले प्रतिवेदन पेश गर्नुभयो ।
परिषद्मा प्रस्तुत प्रतिवेदनहरुबारे बोल्नुहु“दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले बलियो प्रतिपक्षको अभावमा कुनै पनि देशमा प्रजातान्त्रिक बन्दोबस्तको विकास हुननसक्ने बताउनुभयो । ‘नेपाली जनता किन राणाशासन र पञ्चायती बन्दोबस्तविरुद्ध लड्नु परेको थियो ? किनभने ती बन्दोबस्तमा प्रतिपक्षको व्यवस्था थिएन । अहिले पनि नेमकिपा जस्तो प्रतिपक्षको भूमिका निभाउने पार्टीको अभावमा सही अर्थमा यो बन्दोबस्त प्रजातान्त्रिक हुने छैन ।’, अध्यक्ष रोहितले भन्नुभयो ।
नेमकिपालाई ‘सानो’ भन्ने मानिसहरुलाईप्रतिको प्रतिवाद गर्दै उहा“ले भन्नुभयो,‘नेमकिपालाई सानो भन्ने दलहरुले नेपाल पनि सानो भएकाले भारतस“ग विलय गर्नुपर्ने विचारलाई अप्रत्यक्ष समर्थन गरिरहेका छन् ।’

राजनीतिक कार्यकर्ताका छोरा–छोरीलाई विकृतिमा फसाएको र विरोधीका राजनीतिक उद्देश्य पूरा गर्न प्रयोग गरेका इतिहासमा धेरै घटनाका चर्चा गर्दै उहा“ले कार्यकर्ताहरुलाई नया“ पुस्ताको विकासप्रति सचेत रहन आग्रह गर्नुभयो ।
परिषद्मा प्रस्तुत प्रतिवेदनहरुमा जिल्लामा शासक दलहरुले गैरसरकारी संस्थाका पैसा, जागिर, सानातिना विकासमार्फत जनतालाई स–साना कुरामा झुलाउने र समाजको व्यापक हितबारे चिन्तन गर्नबाट विमुख राखेको, युवाहरुलाई लोभ र पापमा फसाएर देशको बारेमा सोच्नबाट टाढा राखेकोलगायतका विषयहरुमा जोड दिइएको थियो । परिषद्मा नेमकिपाको तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले व्यवस्थापिका–संसदमा नेमकिपाले देश र व्यापक कामदार जनताको हितमा गरिररहेका संघर्षबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
परिषद्मा पार्टीको प्रतिवेदन तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रस्ताव पारित गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *