अतिक्रमणमा परेको जग्गा पशुपतिनाथको नाउँमा ल्याउनु जरुरी
- असार २९, २०८३
–गोपाल नगरकोटी
एमाले र माओवादी मिलेर नेकपा बने पनि पार्टी अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई व्यवहारतः खासै वास्ता गरेका छैनन् । अध्यक्ष ओलीले आफूप्रति गरेको व्यवहारप्रति अध्यक्ष दाहाल सन्तुष्ट छैनन् । फलतः दुवै जना नेता सहभागी भएको कुनै सभा, बैठक या कार्यक्रममा उनीहरू फरक–फरक विचारमात्रै पोख्दैनन्, एकले अर्कोलाई व्यङ्ग्य गर्छन्, घोचपेच गर्छन् । दाहाल पार्टी अध्यक्ष भए पनि दोस्रो तहको अध्यक्षको रुपमा ओलीले हेरेको हुँदा दाहालको अनुहार कहिल्यै चहकिलो देखिएको छैन । आफूलाई प्रधानमन्त्री बनाउने हो कि होइन भन्ने चिन्ता दाहालमा छ । त्यसकारण उनी बेलाबखत प्रम ओलीसँग पालैपालो सरकारको नेतृत्व गर्ने गोप्य सहमति भएको कुरा फुक्छन् या गुनासो व्यक्त गर्छन् ।
नेता दाहालले प्रम ओलीलाई देश र जनताको हितमा काम गर्न र गराउन ध्यानाकर्षण गर्नुपर्ने हो । सरकारको कमी–कमजोरी औँल्याएर जनतालाई छिटोभन्दा छिटो राहतको अनुभूति हुने गरी नीति–नियम बनाउन र काम गर्न ध्यानाकर्षण गर्नुपर्ने नेता दाहालको ध्यान सरकारको नेतृत्व गर्ने सम्बन्धमा केन्द्रित भयो । ओली र ओली पक्षधर ईश्वर पोखरेलजस्ता पूर्वएमालेका नेताहरू सरकारको नेतृत्व हेरफेर गर्ने पक्षमा छैनन् । तर, नेता दाहाल सरकारको नेतृत्व गर्न हतारिएका छन् । कम्युनिस्टहरू पद र पैसाको लागि राजनीति गर्दैनन् । माओवादी र एमाले मिलेर नेकपा बनेका नेताहरू पद र पैसाका निम्ति हानथाप गर्छन्, गरिरहेका छन् ।
नेता दाहालकै भनाइअनुसार सरकारको नेतृत्व गर्नेबारे दुई अध्यक्षबीच गोप्य सहमति भएको हो भने त्यो पनि गलत छ । सरकारको नेतृत्व गर्ने सवालमा दुई व्यक्तिबीच सहमति गरेर हुन्छ ? पालैपालो सरकारको नेतृत्व गर्न किन गोप्य सहमति गर्नुप¥र्यो ? सहमति भएकै हो भने त्यो कुरा सार्वजनिक नगरिए पनि कम्तीमा दुई पार्टीका नेताहरूबीच या केन्द्रीय समिति, स्थायी समिति या अन्य बैठकमा समयमै जानकारी दिनुपथ्र्यो । नेकपाको सरकार र पार्टी नेतृत्वप्रति दलका नेताहरूले व्यक्त गरिरहेको असन्तोष पनि पार्टीभित्र सल्लाह नगरी प्रम ओलीले आफूखुसी काम गरिरहेकोमा हो ।
नेकपाका अध्यक्षद्वय ओली र दाहाल आफूहरू नै ठूला, जानिफकार र सबथोक थान्छन् । ओली र दाहालका बेलाबखत प्रकट हुने अभिव्यक्तिले त्यस्तै सड्ढेत गर्छ । बोल्दा तिनीहरू यथार्थमा टेक्दैनन्, आफूखुसी बोल्छन् । देशको नेतृत्व सम्हालिरहेका अध्यक्षद्वयलाई त कति बुद्धिजीवीहरू हावादारी नेताको कल्गी भिर्न पछि पर्दैनन् । माओवादी र एमालेको एकता सिद्धान्त र विचारको एकता होइन भन्ने कुरा सुरूमै राजनीतिक विश्लेषकहरूले बताएका हुन् । पार्टी एकताको दुई वर्षपछि एमालेको जनताको बहुदलीय जनवाद र माओवादीको एक्काइसाँै शताब्दीको जनवाद छोडेर जनताको जनवादमा सहमति भएको कुराले उक्त कुरा पुष्टि गर्छ । जनताको जनवादमा सहमति भएको अघिल्लो दिनसम्म पूर्वएमालेका नेताहरू जनताको बहुदलीय जनवाद कुनै हालतमा नछोड्ने वाचा गरेका थिए । नेकपाका नेताहरू सिद्धान्त र विचारमा अडिग नभएका कारण राजनीतिक अन्योल छाएको हो र देशको मुहार फेर्न सरकार असफल भएको हो ।
Leave a Reply