मुखौटाभित्रको राजनीति
- फाल्गुन १, २०८२
काठमाडौँ, २० चैत । विदेशी भूमिमा रगत–पसिना बगाउन बाध्य लाखौँ नेपाली युवाप्रति लक्षित उपन्यास ‘घर फर्क’ विमोचन गरिएको छ ।
आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले डा देवी क्षेत्री दुलालद्वारा लिखित उक्त कृतिको विमोचन गर्नुभयो । उहाँले नेपाली जनशक्ति पलायन भइरहेको भयावह स्थितिलाई उपन्यासमा चित्रण गर्दै राजनीतिक दलको अदूरदर्शीताका कारण विदेशमा युवा पलायन भएको बताउनुभयो ।
उहाँले विदेशिएका युवा नेपाल फर्केमात्र देशको विकास हुने उल्लेख गर्दै दलहरुले विदेशिएका युवालाई नेपालमा फर्काउने योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
उपन्यासमाथि साहित्यकार डा तुलसी भट्टराई, प्रा डा गोविन्दराज भट्टराई र नेपाल प्रगतिशील लेखक सङ्घका महासचिव आरएम डङ्गोलले टिप्पणी गर्दै उपन्यासमा युवा विदेशिँदा समाजमा हुने सामाजिक विसङ्गतिको जीवन्त रूप चित्रण गरिएको बताउनुभयो ।
लेखक डा दुलालले गाउँबाट सहर जाने, सानो सहरका ठूलो सहर जाने, ठूला सहरका विदेशका ठूला सहर जाने, अनि गाउँका युवाहरु विदेशमा गएर श्रम बेच्ने कुरा उपन्यासमा उठान गरिएको बताउनुभयो । उहाँले युवा विदेशीनु र यसको प्रभावबारे विभिन्न ५२२ वटा विषयवस्तुको अध्ययन गरेर उपन्यास लेखेको जानकारी गराउनुभयो । रासस
Leave a Reply