भर्खरै :

कानुनी शासन नै हङकङको मूल मान्यता हो

हङकङको संसद भवनमा केही अतिवादीहरूले गरेको तोडफोड र हमलाले एक प्रकारको तरङ सिर्जना गरेको छ । हङकङ अन्तर्राष्ट्रिय आर्थिक केन्द्र हो । त्यहाँ कानुनी शासनको धज्जी उडाउँदै यस्तो खेदजनक घटना हुनुले हङकङवासीलाई सजग बनाएको छ ।
हङकङका प्रदर्शनकारीप्रति सहानुभूति राख्दै आएका केही पश्चिमाहरू संसद भवनमा भएको हिंसात्मक हमलाले खुसी भएका छन् । केही मानिसहरू विपक्षीका मागप्रति हङकङ प्रशासन उदासीन भएकोले यस्तो नतिजा आएको भन्दै छन् । हिंसात्मक हमलाको चारैतिरबाट व्यापक विरोध भयो । तथापि संरा अमेरिकी व्यवस्थापिकाका सभामुख न्यान्सी पेलोसीले हङकङका प्रदर्शनकारीहरूले ‘संसारलाई उत्साहित गरेको’ र उनीहरूको उत्साहलाई साथ दिनुपर्ने बताइन् ।
हिंसात्मक प्रदर्शनविरुद्ध संसारभरि बढ्दो सतर्कता र असहमति फैलिएको छ । शीतयुद्धको अन्त्य यता विभिन्न देशहरूले हिंसात्मक प्रदर्शनले निम्त्याएको राजनीतिक उथलपुथलका कारण लामो समयको अशान्ति, गतिरोध र प्रतिगमनसमेत अनुभव गरिसकेका छन् । विभिन्न देशमा भएका रङ्गीन क्रान्तिले सुरूमा प्रदर्शनकारीले गरेका अपेक्षा कहिल्यै पूरा गरेनन् ।
पश्चिमा देशहरू आफ्नै देशमा भएका हिंसात्मक प्रदर्शनको निकै कडा दमन गर्छन् । सन् २०११ मा बेलायतको लन्डनमा भएको उपद्रवका प्रदर्शनकारीलाई बेलायत सरकारले निर्ममतापूर्वक दमन गरेको थियो । आफ्नै देशमा भएका हिंसात्मक प्रदर्शनलाई पश्चिमा देशका सरकार कति कठोर हुन्छन् भन्ने कुराको त्यो एउटा दृष्टान्तमात्र हो ।
विडम्वना पश्चिमाहरू आफ्नो परिधिभन्दा बाहिर हुने झण्डै सबै हिंसात्मक प्रदर्शन र सरकारविरुद्ध भएका रङ्गीन क्रान्तिप्रति समर्थन जनाउने गर्दछ । संसारभरका हिंसात्मक विरोध प्रदर्शनमा पश्चिमा देशहरूले बलियो नैतिक समर्थन गर्ने गरेको छ । कतिपय त्यस्ता उपद्रवको पर्दा पछाडि पश्चिमा देशले नै चलाएका गैरसरकारी सङ्गठन, कूटनीतिक र गुप्तचर निकाय हुने गर्दछ ।
पछिल्ला दसकमा धेरै देशमा ‘क्रान्ति’ गराउन र प्रदर्शनकारीको प्रशंसा गर्नमा चासो देखाउँदै आएको छ । तर, रङ्गीन क्रान्ति चर्किएर ती देशमा विध्वंस मच्चिन्छ र आर्थिक मद्दतको खाँचो पर्दछ, तब पश्चिमा देशहरू बेपत्ता भइदिन्छन् ।
धेरै समाजमा आर्थिक समस्याको कारण आर्थिक विषय नै हुने गर्दछ । त्यस्ता आर्थिक विषयले निम्तिएका आर्थिक समस्याको समाधान राजनीतिकरूपमा गर्न गा¥हो हुने गर्दछ ।
हङकङले आफ्नो अर्थतन्त्र र जनजीविकाको गहिराइमा नयाँ उत्साह सञ्चार गर्नुपर्छ । यो संसारका सबै देशको आवश्यकता हो । संरा अमेरिकी गोरा मध्यमवर्गीय जनतामा आफ्नो जीवनप्रतिको असन्तोषका कारण त्यहाँ मध्यमवर्गीय आन्दोलन उदय भएको थियो । संरा अमेरिकी ट्रम्प सरकार आफ्ना देशका यस्ता सबै समस्याको दोष अन्य देशमा थोपर्दै छन् । अहिले व्यापार युद्धको मुद्दा उछालेर अमेरिकी जनमतलाई अन्यत्र मोड्ने प्रयास भइरहेको छ । धेरै अमेरिकी जनता आफ्ना समस्याको समाधान संयमित सुधारबाट मात्र सम्भव भएको बारे सचेत छन् ।
पश्चिमा शक्तिकै सहयोग प्राप्त हङकङका केही अतिवादीहरू हङकङको समाजमा ‘सबै समस्याको समाधान गर्न हङकङ ‘प्रजातान्त्रिक’ हुनुपर्ने’ विचार प्रचार गर्न दिलोज्यानले लागिपरेका छन् । उनीहरूको कथनअनुसारको ‘प्रजातान्त्रिक’ समाज बनाउन सडकमा थप प्रदर्शन गर्नुपर्ने र आवश्यक पर्दा हिंसासमेत मच्चाउन पछि पर्न नहुने उनीहरूको भनाइ हो ।
तथापि, हङकङ विकसित समाज हो । हङकङको कानुनी राज्यको परम्परा, आफ्नो देशको सेवा गर्ने भावना जागरुक नागरिकका कारण सामान्यतः पछाडि परेका समाजमा देखिएको ‘रङ्गीन क्रान्ति’ को हङकङमा प्रतिरोध हुनेछ । हङकङमा कुनै पनि प्रकारको अराजकता फैलिन नदिने चीनको केन्द्रीय सरकार र मुख्य भूमि चीनका जनताको भावना पनि त्यहाँ अराजकता पैmलाउन खोज्ने शक्तिको लागि अवरोध हुने पक्का छ ।
कानुनी राज्यको रक्षा नै हङकङ समाजको साझा मूल्य र मान्यता हो । बाह्य देशहरूले हङकङ समाजको भित्री भावनाप्रति सम्मान गर्नुपर्छ । त्यहाँको विरोध प्रदर्शनप्रति समर्थन गर्नुहुन्न । नत्र उनीहरू सबै चिनियाँ जनताको विरोधी हुनेछन् ।
स्रोत ः ग्लोबल टाइमस
नेपाली अनुवाद – सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *