सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
तनहुँ, २१ असार (रासस) : घिरिङ गाउँपालिका–४ पुर्कोटका एक वृद्धाको हत्या गरेको आरोपमा स्थानीयवासीले आज एक भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।
बाख्रा चराउन वन गएकी ६० वर्षीया कुन्तमाया थापाको हत्या गरेको आरोपमा स्थानीयवासीले भारतीयलाई पक्राउ गरी बुझाएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । प्रहरीले उनको परिचय खुलाएको छैन । थापा उफ्रेनी डाँडास्थित पुर्कोट हुस्मी सामुदायिक वनमा मृत फेला परेी थिइन् । उनको देब्रे हात, खुट्टा, आँखा र टाउकोमा घाउ छ । प्रहरीले घट्नाबारे अनुसन्धान गरिरहेको छ ।
Leave a Reply