सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
पर्सा, २१ असार (रासस) : वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरमा सञ्चालित सुशील वनस्पति प्रालिमा लागेको आगो १४ घण्टापछि नियन्त्रणमा आएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा बिहान २ः३० बजेदेखि लागेको आगो अपराह्न ४ः३० बजेपछि नियन्त्रणमा आएको हो ।
बारा र पर्सा जिल्लाका विभिन्न स्थानबाट आएका बारुणयन्त्रको सहयोगमा अग्नी नियन्त्रक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगो नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो । उहाँले उद्योगमा आगलागी हुनुका कारणबारे अनुसन्धान भइरहेको बताउनुभयो । आगलागीबाट रु २० करोडभन्दा बढीको धनमाल जलेर नोक्सान भएको उद्योगीले दाबी गरेको प्रहरीले जनाएको छ ।
Leave a Reply