सरकार संविधानको पालनकर्ता र जवाफदेही बन्नुपर्ने
- असार १, २०८३
भक्तपुर, १ असार । वाग्मती प्रदेश खेलकुद विकास परिषद्, वाग्मती प्रदेशद्वारा आयोजित तेस्रो वाग्मती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङ प्रतियोगितामा सहभागी खेलाडीहरूलाई भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले सोमबार शुभकामना तथा मार्गनिर्देशन प्रदान गर्नुभयो ।
उहाँले खेलाडीहरूलाई अनुशासन, आत्मविश्वास र खेलभावनासहित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्दै भक्तपुरको गौरव उच्च राख्न आग्रह गर्नुभयो । नगर प्रमुख प्रजापतिले खेलकुदले व्यक्तित्व विकास, स्वास्थ्य प्रवद्र्धन तथा राष्ट्रको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकोले खेलाडीहरूले आफ्नो क्षमता र मेहनतको उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताउनुभयो ।
Leave a Reply