भर्खरै :

कालीकोटमा अन्तरक्रिया

कालीकोट, २२ असार । नेपाल मजदुर किसान पार्टी कालीकोटको दसौँ जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा ‘भेनेजुयला ः हिजो र आज’ पुस्तकको अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले भेनेजुयला एक स्वाधीन र सार्वभौम सम्पन्न देश भएको बताउनुभयो ।
“आफ्नो सार्वभौमिकता रक्षाको लागि साम्राज्यवादविरूद्ध सङ्घर्षरत भेनेजुयाली जनताप्रति नेपाली जनताको ऐक्यबद्धता आवश्यक छ”, उहाँले भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् आयोजक समितिका संयोजक नवराज कोइरालाले देशको स्वाधीनता, स्वतन्त्रता र सार्वभौमिकताको पक्षमा सङ्घर्ष गर्न ‘भेनेजुयला ः हिजो र आज’ पुस्तकको अध्ययन कोसेढुङ्गा सावित हुने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “समाज परिवर्तनको दिशामा योगदान पु¥याउन ल्याटिन अमेरिकी मुक्तिदाता सिमोन बोलिभार र भेनेजुयाली पूर्वराष्ट्रपति ह्यूगो चाभेजबाट प्रेरणा लिनुपर्दछ ।”
कार्यक्रममा खड्गराज शाहीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *