मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
– सरु राजथला
हनुमन्ते खोलाबाट सुख्खा मौसममा दुर्गन्ध फैलने र वर्षाको मौसममा बाढी आउने समस्याले त्यस क्षेत्रको जनजीवन नराम्ररी प्रभावित भएको छ ।
मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाको सिमानाको रूपमा रहेको हनुमन्ते खोला अव्यवस्थित हुँदा त्यस क्षेत्रका बासिन्दाहरूको जीवनमा नराम्रो असर परेको देखिन्छ । वरपरका बस्तीहरूको ढल सीधा खोलामा जोडिएको हुनाले खोला वर्षा याममा बाहेक वर्षैभरि दुर्गन्धित रहने गरेको छ भने खोलाको वरपर बलियो अग्लो पर्खाल नभएको र खोला साँघुरो हुने गरी अतिक्रमण भएको कारण वर्षायाममा पानीको तह बढेर बाढी आउने समस्या भएको छ ।
अहिलेको असारे झरीमा फेरि पनि पोहोर सालमा झैँ बस्ती डुबानमा पर्ला भन्ने पीरमा रहेका छन् हनुमन्ते खोला वरपरका बासिन्दा । मध्यपुर ठिमीका बासिन्दा बेखबहादुर भासीमाका अनुसार सुख्खा मौसममा दुर्गन्ध फैलिएर समस्या हुन्छ भने वर्षायाममा घर–खेती डुब्ला भन्ने डर हुन्छ ।
उहाँ पुस्तौँदेखि तरकारी खेतीको लागि यही खोलामा निर्भर भएको बताउनुहुन्छ । शङ्खधर चोकका अर्का बासिन्दा रामशरण श्रेष्ठको भनाइ पनि यस्तै रहेको छ । उहाँले भन्नुभयो, “पोहोर सालको बाढीले धेरै खेतबारीको नोक्सान भयो ।
यो पालि पनि त्यस्तै हुने हो कि भन्ने डर छ ।” यसैगरी सोही खोला नजिकै कोल्डस्टोरको व्यापार गर्दै आउनुभएका पुष्पलाल श्रेष्ठको भनाइ यस्तो छ, “राधेराधेमा रहेको कारखानाको ढल पनि यही खोलामा फालिन्छ, त्यही भएर खोला सा¥है नै दुर्गन्धित हुन्छ ।”
यसरी अव्यवस्थित र दुर्गन्धित खोलाबाट दुर्गन्ध र बाढीको मात्र समस्या नभई वातावरणमा विभिन्न रोगका किटाणु फैलिन सक्ने कुरामा दुईमत छैन । त्यसैले चाँडोभन्दा चाँडो यस खोलालाई व्यवस्थित गर्न सम्बन्धित निकायले ध्यान दिन आवश्यक देखिन्छ ।
–प्रशिक्षार्थी
Leave a Reply