मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, २२ असार । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.ले त्रिवर्षीय व्यवसायिक योजना तयार पारिएको छ । सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजूले सङ्घले स्थापना कालदेखि व्यवसायिक योजना बनाएकोले प्रगति हासिल गर्न सकेको कुरा बताउनुभयो ।
कार्यक्रममा निर्वतमान अध्यक्ष राधेश्याम सुवालले व्यवसायिक योजनाले सङ्घ कहाँ र कसरी पुग्ने भन्ने रोड म्याप प्रदान गर्ने बताउनुभयो ।
सङ्घका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले सङ्घको योजना सफल बनाउन समिति, उपसमिति र कर्मचारीको महत्र्वपूर्ण योगदान रहने विचार राख्नुभयो । कार्यक्रममा सङ्घका उपाध्यक्ष हरि बल्ल, सचिव जगनाथ प्रजापति, कोषाध्यक्ष कान्छा भक्त घजुलगायतले बोल्नुभएको थियो ।
बैठकले सङ्घको आगामी नीति तथा कार्यक्रम तयार पारेको छ । सङ्घले तीन वर्षको लागि बजेट तथा कार्यक्रमसमेत निर्माण गरेको छ ।
Leave a Reply