बुधबार त्रिभुवन विश्वविद्यालयले आफ्नो ६० औं जन्म दिन मनायो । जन्म दिनको अवसरमा आयोजित कार्यक्रमका प्रमुख पाहुना हुनुहुन्थ्यो–प्रधानमन्त्री केपी शर्मा ओली । त्रिविको जन्म दिनमा कूलपतिको हैसियतले सहभागी प्रधानमन्त्रीलाई रातो कार्पेट बिछ्याएर स्वागत गरिएको थियो । तर, हिलाम्ये सडकमा बिछइएको रातो कार्पेटमा हिंड्दै गरेका प्रधानमन्त्रीको तस्वीरले भने देशकै सबभन्दा ठूलो र जेठो विश्वविद्यालयको अवस्थातर्फ सङ्केत गरेको थियो ।

नेपालको विश्वविद्यालय शिक्षामा यति बाक्लो गरी उडुस लागिसकेको छ, अब यसमा ठूलो सुधार नगरी अघि बढ्न सक्ने सम्भावना नै छैन । अहिलेकै चिन्तन र योजनाले विश्वविद्यालयलाई थप विकृतिको स्रोत बाहेक केही बनाउन सक्दैन । नेपाली युवाहरूलाई अयोग्य प्रमाणपत्रधारी बाहेक केही बनाउन सक्दैन । कर्मचारीतन्त्री प्रवृत्तिले विश्वविद्यालयलाई कुनै पनि हालतले उकास्न सक्दैन । विश्वविद्यालय प्राज्ञिक अध्ययन अनुसन्धान केन्द्र बनेको छैन, प्रमाणपत्र किनबेच्ने र सत्तासीनका आसेपासेलाई जागिर खुवाउने थलो बनेको छ ।

पछिल्लो समय त्रिविसम्बन्धी केही समाचारले सबैलाई झस्कायो । त्रिविको परीक्षा शाखामा पहुँचको आधारमा विद्यार्थीको अङ्क थप गर्ने मात्र होइन, कसैलाई स्वर्णपदक दिलाउन अर्को विद्यार्थीको अङ्क समेत घटाउने गरिएका समाचारले सबैलाई दुःखित बनायो । प्राज्ञिक उन्नयन र ज्ञान निर्माणको पवित्र मन्दिर मानिएको विश्वविद्यालयभित्र यस्तो खालका घिनलाग्दा क्रियाकलाप हुने रहस्योद्घाटनले त्रिविबाट उच्च शिक्षा हासिल गरेका धेरै मानिसको शीर लाजले निहुरियो । विश्वविद्यालयभित्र उजागर हुन बाँकी यस्ता अरू पनि धेरै पाटा होलान् ।
अङ्कमा चलखेलको प्रसङ्ग बाहिरिनुअघि त्रिवि सेवा आयोगको नतिजा प्रकाशनले पनि त्यहाँभित्र जमेको फोहोर सबैले देखेका थिए । विश्वविद्यालयभित्रका यस्ता अरू पनि धेरै विकृति प्रकाशमा आउन बाँकी नै छन् । त्रिविभित्रका यस्ता विकृतिका कारण त्यहाँबाट उच्च शिक्षा हासिल गरेका जनशक्तिको स्तरप्रति समेत आशङ्का गर्ने अवस्था बनेको छ ।
कुनै पनि देशको विश्वविद्यालयले देशको भविष्यको बाटो तय गर्ने गर्दछ । उत्तम विश्वविद्यालयले देशको भविष्यको सुन्दरता सुनिश्चित गर्छ । तर, आज नेपालका न त्रिवि गौरव गर्न योग्य छ न त नयाँ बनेका कुनै पनि विश्वविद्यालय चित्तबुझ्दा छन् । नेपालको विश्वविद्यालय शिक्षामा यति बाक्लो गरी उडुस लागिसकेको छ, अब यसमा ठूलो सुधार नगरी अघि बढ्न सक्ने सम्भावना नै छैन । अहिलेकै चिन्तन र योजनाले विश्वविद्यालयलाई थप विकृतिको स्रोत बाहेक केही बनाउन सक्दैन । नेपाली युवाहरूलाई अयोग्य प्रमाणपत्रधारी बाहेक केही बनाउन सक्दैन । कर्मचारीतन्त्री प्रवृत्तिले विश्वविद्यालयलाई कुनै पनि हालतले उकास्न सक्दैन । विश्वविद्यालय प्राज्ञिक अध्ययन अनुसन्धान केन्द्र बनेको छैन, प्रमाणपत्र किनबेच्ने र सत्तासीनका आसेपासेलाई जागिर खुवाउने थलो बनेको छ ।

शासक दलहरूको सङ्कीर्ण सोच र अल्पचिन्तन नै यसको लागि दोषी हो । विश्वविद्यालयलाई विश्वविद्यालयको रूपमा अघि बढाउन नसक्दा आज विश्वविद्यालय विश्वविद्यालय जस्तो बन्न सकेको छैन । तब हाम्रा युवाहरू निकै सस्तोमा आफूलाई बेचेर विदेशी विश्वविद्यालयको ढोका चहार्न बाध्य छन् ।

प्रधानमन्त्रीले बुधबार हिंड्नुभएको बाटो जति ध्वस्त थियो, त्रिविभित्रको यर्थाथ अझ खराब छ । एकाध मानिसलाई कार्वाही गरेर त्रिविको डुब्दै गरेको जहाजलाई बचाउन गाह«ो छ । बद्मासी गर्नेलाई कार्वाही गर्नु भन्ने प्रधानमन्त्रीको आदेशलाई कार्यान्वयन गर्ने हो भने आजको अवस्थामा कार्वाही गर्ने चोखो मानिस भेटाउन गाह«ो पर्ला । वास्तवमै त्रिवि र हाम्रा अन्य विश्वविद्यालय लुटपाटको केन्द्र बनेको छ । केही प्राध्यापकको उर्जा र उत्साहले मात्र विश्वविद्यालय बन्ने सम्भावना क्षीण छ । त्रिविका कयौंै उत्कृष्ट शिक्षक र प्राध्यापकहरू त्यहाँभित्र मौलाइरहेको विषवृक्षको तीब्रतर विकास देखेर निराश भएर विदेशतिर उडेका छन् ।
यो अवस्थाको दोष फेरि पनि आजसम्मका शासक दलहरूकै हो । शासक दलहरूको सङ्कीर्ण सोच र अल्पचिन्तन नै यसको लागि दोषी हो । विश्वविद्यालयलाई विश्वविद्यालयको रूपमा अघि बढाउन नसक्दा आज विश्वविद्यालय विश्वविद्यालय जस्तो बन्न सकेको छैन । तब हाम्रा युवाहरू निकै सस्तोमा आफूलाई बेचेर विदेशी विश्वविद्यालयको ढोका चहार्न बाध्य छन् ।
आजको प्रधानमन्त्रीलाई त्रिविले हिंडाउन सक्ने भनेको हिलाम्ये बाटोमा ओछ्याइएको रातो कार्पेटमै हो ।